जन्ताभ्वाईस सम्वाददाता
१ , असार शुक्रबार , २०८०
कटारी /सर्पदंशबाट वच्न कटारी नगरपालिकाले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सन्पन्न गरेको छ । पहिलो चरणमा सर्पको टोकाईको अति नै जोखिम भएको प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सन्पन्न गरेको स्वास्थ्य शाखाका प्रमुख शुरेस दाहालले बताउनुभयो ।
प्रमुख दाहालका अनुसार कटारी ७ को रिस्कू स्थित जनप्रेमी मावि , कटारी ५ को मावि भूल्के , कटारी ४ को त्रिवेणी मावि , कटारी ४ कै मरुवा मावि , कटारी २ को मावि गुराँसे विद्यालयहरुमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सर्पको टोकाईबाट कसरी वच्ने , सर्पले टोकी हालेमा नजिकैको अस्पत्तालमा कसरी सुरक्षित पुग्ने लगायतकका सचेतना गराईएको कार्यक्रमका संयोजक अशोक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सर्पदंश सम्वन्धि जानकार कर्ण राई , शुसिला श्रेष्ठ लगायतले सचेतना दिएका थिए । कार्यक्रममा सचेतना मूलक पर्चाहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु , शिक्षकहरु , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , टोल विकास संस्थाकका पदाधिकारीहरु तथा सम्बन्धित वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।


जनता भ्वाइस 







