images
images

रास्वपाको वार्षिकोत्सवको अवसरमा कटारीमा पनि वृक्षारोपण

जन्ताभ्वाईस सम्वाददाता
१ , असार शुक्रबार , २०८०
कटारी/ राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिकोत्सवको अवसरमा आज कटारीमा पनि वृक्षारोपण गरिएको छ । रास्वपाले कटारी नगरपालिका वडा नम्बर ४ को गवुंवा स्थित ककरु खोलाको तटबाँधमा वृक्षारोपण गरेको हो ।
पार्टीका जिल्ला सह संयोजक तथा प्रदेश सदस्य अनिल श्रेष्ठको नेतृत्वमा पार्टीको पहिलो वर्ष पुरा भएको अवसरमा वृक्षारोपण गरिएको पार्टीका वडा नम्बर ४ का सभापति वेदप्रसाद पराजुलीले बताउनुभयो । सभापति पराजुलीका अनुसार आजदेखि विविध कार्यक्रमहरु वार्षिकोत्सवको अवसरमा गरिने छ । सोही अनुरुप आज वृक्षारोपण गरिएको हो ।
पराजुलीका अनुसार पार्टीले डिभिजन वन कार्यालय कटारी त्रिवेणीको सहयोगमा दुई सय विरुवा वृक्षारोपण गरेको हो । कटहर , बयर , वाँस , ईपिलिपि , गोलमोल जातको विरुवाहरु तटबाँधमा वृक्षारोपण गरिएको हो ।