जन्ताभ्वाईस सम्वाददाता
३२ जेठ , बिहिबार , २०८०
कटारी / कटारी वडा नम्बर ३ र ४ को सिमानामा रहेको शान्तिचोक स्थित पानी जम्ने खाल्डो पुरेर पानीको निकास निकाली समस्या समाधान गरिने भएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत मूल सडकमै पानी जमेपछी आउजाउमा हुने समस्या समाधानका लागि नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको पहलमा समस्या समाधान गरिने भएको हो ।
मेयर श्रेष्ठले आज विहानैदेखि उक्त क्षेत्रमा समस्या समाधानका लागि सडकको पश्चिम तर्पm पानीको निकास निकाल्नेगरी खाल्डो खनेर फलामको पाईपबाट पानीको निकास निकाल्ने काम थाल्नुभएको हो । पश्चिम तर्पmको सानो सडकहुँदै पानी निकास निकाल्नेगरी फलामको पाईप र यसअघि नै राखिएको ह््युमपाईपबाट पानीको निकासा गरिने भएको हो ।
वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , वडा नम्बर ४ का वडाध्यक्ष भूपेस योञ्जन लगायतका स्थानीयहरुले समस्या समाधानका लागि श्रमदान गरेका थिए । समस्या समाधानका लागि गरिएको काममा कुनै बजेट नरहेको र श्रमदानबाटै निकास निकाल्न काम गरिएको मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
समस्या समाधानका लागि मेयर श्रेष्ठले स्थानीयहरुसँग छलफल गरी निकास निकाल्नुभएको हो । तत्कालिन रुपमा सडकको पानीको निकास निकाल्ने र अस्थायी रुपमा भएपनि समस्या समाधान हुनेछ । दिर्घकालिन रुपमा समस्या समाधानका लागि भने मिर्चैया , कटारी , घुर्मी सडक आयोजनाले काम गर्नेछ ।
यहाँ पानी जम्दा सडकमा आउजाउ नै समस्या हुने गरेको थियो । साथै वरपरका पसल तथा स्थानीयका घरहरु डुबानमा पर्ने गरेको थियो । सामान्य वर्षा हुनुवित्तिकै पानी जम्ने यहाँ ठूलो वर्षामा आउजाउ गर्नै नसकिने अवस्था थियो । यहाँ समस्या समाधान नभएको भन्दै यस अघि स्थानीयले पटक पटक सडक अवरोध लगायतका विरोधहरु पनि गर्दै आएका थिए ।


जनता भ्वाइस 







