जन्ताभ्वाईस सम्वाददाता
३२ जेठ , बिहिबार , २०८०
दुधौली /सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले दुईवडाध्यक्षलाई मेयरको कक्षमा प्रवेश निषेध गरेको वडाध्यक्षद्वयले बताएका छन् । वडा नम्बर ३ का वडाध्यक्ष भद्रा माझी र वडा नम्बर ४ का वडाध्यक्ष रितेश विश्वकर्माले नगर प्रहरीले मेयरको कार्यकक्षमा प्रवेश गर्न नदिएको बताएका छन् ।
मेयरको निर्देशन भन्दै आज दुवै अध्यक्षलाई नगर प्रहरीले मेयरको कार्यकक्षमा प्रवेश गर्न दिनएनन् ।“वडा नम्बर ३ र ४ को अध्यक्षलाई प्रवेश गर्न नदिनुभन्ने आदेश छ भन्दै रोके ”३ का वडाध्यक्ष भद्रा माझीले भन्नुभयो । “जर्बजस्ती गर्नुभयो भने वल प्रयोग गर्न वाध्य हुनेछौं भनेपछी हामीले वल गरेनौं ।”
वडा नम्बर ४ का वडाध्यक्ष रितेश विश्वकर्माले सामाजिक संञ्जाल फेसबुकमै स्टाटस लेख्दै नगरपालिकाको शुसासन माथि प्रश्न गर्नुभएको छ । “यो गणतन्त्र हैन र ? वेथिति सहनै पर्ने बोल्न , विरोध गर्न नै नमिल्ने ”उहाँले लेख्नुभएको छ । “जनता जनार्दन हुन्छन् चेतना होस ।”यस विषयमा थप जानकारी लिन वडाध्यक्ष विश्वकर्मालाई फोन गर्दा फोन सम्पर्क हुन सकेन ।
वडानम्बर ३ का वडाध्यक्ष माझीले यस अघि विभिन्न मागसहित शिक्षा शाखा प्रमुख को राजिनामा लगायतका आवश्यक माग राखी उपमेयर चन्द्र किशोर थारुलाई वुझाएको ज्ञापन पत्रको सुनुवाई नभएपछी आज मेयरलाई ध्यानाकर्षण गराउन जाँदा मेयरले प्रवेश नै गर्न नदिएको बताउनुभयो । शिक्षा क्षेत्रमा व्यापक वेथिति र पालिकाकै शिक्षा विग्रिएको लगायतका विषयमा माझीेले ज्ञापन पत्र वुझाउनुभएको थियो ।
ज्ञापन पत्र बुझाउने क्रममा नगर प्रमुखको कार्यकक्षमा ३ घण्टा तालाबन्दी पनि गरिएको थियो । सोही विषयको समस्या समाधानका लागि आज ध्यानाकर्षण वुझाउन दुई अध्यक्ष नगरपालिका पुगेका थिए । दुई वध्यक्षले पालिकाको वेथितिको विरुद्धमा आवाज उठाउँदा कार्यकक्षमै प्रवेश गर्न नदिनु तानाशाही प्रवृद्धि भएको बताएका छन् ।
मेयरले प्रवेश नै नदिएपछी आज पनि उपमेयर चन्द्रकिशोर थारुलाई ज्ञापन पत्र बुझाईएको छ । तत्काल कार्यपालिका वैठक वसी समस्या समाधानको पहलका लागि ध्यानाकर्षण गराउन जाँदा प्रवेश नदिएको वडाध्यक्ष माझीले बताउनुभयो । यस विषयमा कुरा गर्न मेयर दिनेश अधिकारीलाई फोन सम्पर्क गर्दा फोन उठेन ।


जनता भ्वाइस 







