images
images

गर्मी बढेसँगै कटारी अस्पतालमा बिरामीको चाप बढ्दो

– भावना थापा
२९ गते , सोमबार , २०८०
कटारी / उदयपुरको कटारीमा रहेको कटारी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । गर्मीका कारण अस्पत्तालमा विरामीको चाप वढ्दै गएको हो । केहि दिन यता बढेको गर्मीका कारण अस्पतालमा ज्वरो, झाडापखाला, घाँटीमा इन्फेक्सन र सर्पदंशका बिरामीको चाप बढ्न थालेको हो ।
कटारी अस्पतालमा अहिले दैनिक १ सय ५० देखि २ सय जना सम्म बिरामी आउने गरेको कटारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गौरब साहले बताउनुभयो । डा.साहका अनुसार अहिले अस्पतालको ओपिडी कक्षमा दैनिक १ सय देखि १सय५० जना र आकस्मिक कक्षमा दैनिक ३० देखि ५० जना सम्म ज्वरो, झाडापखलाका बिरामी आउने गरेका छन ।
केहिदिन यता अस्पतालले सर्पदंशको उपचार सुरु गरे सँगै सर्पदंशका बिरामी पनि आउने गरेको छन । गर्मी बढेसँगै खानपानमा उचित ध्यान नदिएर बिरामीको संख्या बढ्ने गरेको डा. साहले बताउनुभयो ।
गर्मीबाट जोगिएर खानपानमा ध्यान दिन सके बिरामी हुनबाट बच्न सकिने पनि डा.साहको भनाई छ । यस अस्पत्तालमा उदयपुरको कटारी नगरपालिका र पहाडी गाउँपालिका ताप्ली,उदयपुरगढी गाउँपालिकाका अलावा सिन्धुलीको दुधौली नगरपालिकाबाट समेत विरामीहरु आउने गरेका छन् ।