जन्ताभ्वाईस सम्वाददाता
२९ गते , सोमबार , २०८०
कटारी / कटारी वडा नम्बर ७ स्थित स्वास्थ्य चौकी रिस्कूमा एकदिने प्रजनन् तथा महिला स्वास्थ्य सम्वन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कटारी नगरपालिकाको आयोजनामा सम्पन्न शिविरमा ८० जना महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा स्तन क्यान्सर , आङ् खस्ने , पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्कृनिङ उपचार तथा परामर्श दिईएको थियो । महिलाहरुमा पाठेघरको समस्या व्यापक भएपनि महिलाहरुले भन्न नसकेको अवस्था रहेकाले शिविरको आयोजना गरिएको कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले बताउनुभयो ।
उपमेयर खड्काले सवै महिलाहरुलाई रोग लुकाएर नराखी तुरुन्त समयमै उपचारका लागि स्वास्थ्यकर्मीको सल्लाहा लिन आग्रह समेत गर्नुभयो । ंिशविरमा कटारी अस्पत्तालका डाक्टर सन्तोष साह लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गराएका थिए ।
यसअघि कटारी , वडा नम्बर ९ को लिम्पाटारमा पनि शिविर संञ्चालन गरिएको थियो । शिविरमा १ सय १ जना महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए । जसमध्ये ५ जनाको पाठेघरको शल्यकृया गर्नुपर्ने भएकाले जिल्ला अस्पत्ताल गाईघाट पठाईएको पनि उपमेयर खड्काले बताउनुभयो ।शिविरमा निशुल्क औषधिहरु समेत वितरण गरिएको थियो ।


जनता भ्वाइस 







