images
images

कटारी नयाँ खानेपानीको ट्याङ्की सरसफाई सुरु

जन्ताभ्वाईस सम्वाददाता
जेष्ठ २८ , आईतबार , २०८०
कटारी /कटारी नयाँ खानेपानीको ट्याङ्की सरसफाई सुरु गरिएको छ । आईतबार विहानदेखि कटारी नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता तदर्थ समितिको पहलमा सरसफाई सुरु गरिएको हो । लामो समय समिति विवादित बनेपछी सरसफाई नहुँदा ट्याङ्की नै दुषित बन्दै गएको पाईएको थियो ।
यस अघि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ सहितको टोलीले अनुगमन गर्दा ट्याङ्की फोहोर पाईएपछी सरसफाई सुरु गरिएको हो ।मेयर श्रेष्ठ , वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का , ४ का वडाध्यक्ष भुपेश योञ्जन , नमुना टोल विकास संस्थाका पदाधिकारीहरु , नगर प्रहरी लगायतले ट्याङ्की सरसफाई सुरु गरेको तदर्थ समितिका उपाध्यक्ष रोहित लामाले बताउनुभयो ।
पानी दुषित वनेपछी जनश्रमदानमा सरसफाई सुरु गरिएको हो । कटारीको वडा नम्बर ३ , ४ र ५ नम्बर वडाका गरी २ हजार बढी उपभोक्ताहरु दुषित पानी पिउन वाध्य भएको भन्दै तत्काल सरसफाई थालिएको हो । सरसपफाई नहुँदा ट्याङ्कीमा लेउ जमेर फोहोर भएको थियो । तदर्थ समितिले यस अघि ट्याङ्की परिसरमा रहेका झाडी समेत सरसफाई समेत गरेको थियो । सोमबार पनि सरसफाई जारी रहने पनि समितिले जनाएको छ ।