जन्ताभ्वाईस सम्वादाता
२६ जेठ , शुक्रबार , २०८०
कटारी / उदयपुरको ताप्ली गाउँपालिका – ५, निबुवाटार स्थित सुनकोशी नदीमा आज दिउँसो एकजना पुरुषको शव फेला परेको छ । शव सिन्धुलीको मध्यपहाडी लोकमार्गको सडकखण्डमा गएको १९ जेठमा भएको दुर्घटनामा वेपत्ता सिटिईभिटीका योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको रहेको हुन सक्ने ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो ।
घटनास्थलबाट कटारी अस्पत्ताल तर्पm शव ल्याउँदै गरेको बताउँदै प्रहरी उपरीक्षक कार्कीले सनाखद भने भईनसकेको बताउनुभयो । “अस्पत्ताल ल्याईपुराईएपछी पुष्टी र सनाखदको प्रकृया अगाडी बढाउँछौं ।”उपरीक्षक कार्कीले भन्नुभयो ,“सुनकोसीमा वेपत्ता भएको एकजनाको शव सुनकोसी आसपासमा खोजि गर्न जानकारी आए अनुसार हाम्रो क्षेत्रमा खोजि गरिरहेका थियौं ।”
खोजिका क्रममा प्राप्त हुलिया अनुसार भुर्तेलकै शव भएको हुनसक्ने भएपनि सनाखद हुन वाँकी रहेको पनि उपरीक्षक कार्कीले बताउनुभयो । सिन्धुलीको गोलञ्जोर गाउँपालिका , ७ लौकुनमा भएको दुर्घटनाका वेपत्ता ३ जना मध्ये २ जनाको शव र दुर्घटनामा परेको बा १ झ७४६७ नम्बरको जीप घटनाको पाँचदिन पछी सिन्धुलीमै फेला परेको थियो ।
वेपत्ता मध्ये उक्त शव सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक तनहुँ , भानु नगरपालिका ९ का ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ईलामका ३२ वर्षीय भानु पौडेलको भन्ने पुष्टि भएको थियो । दुई जनाको शव सनाखद भएपछी वेपत्ता भुर्तेलको शवको खोजि कोसीहरुमा भईरहेको थियो । खोजिकै क्रममा उदयपुरको ताप्ली स्थित सुनकोसीमा शव फेला परेको हो ।
घटनामा चालक दाङ्गको राप्ती गाउँपालिका ६ का ३१ वर्षिय कृष्ण चौधरी पौडी खेलेर नदीबाट निस्कन सफल भएका थिए । काठमाडौंबाट खोटाङ्ग जाँदै गरेको सिटिईभिटीको जीप सुनकोसीमा खसेको थियो ।


जनता भ्वाइस 







