images
images

गर्मीका कारण कटारी नगरपालिकाका विद्यालयलाई थप दुईदिन विदा

जन्ताभ्वाईस सम्वाददाता
२५ जेठ ,बिहिबार , २०८०
कटारी /गर्मी नघटेपछी कटारी नगरपालिकाले नगरपालिकाका विद्यालयहरुलाई आज र भोलि गरी थप दुई दिन विदा दिएको छ । हिजो नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले वर्षेविदा बाट कट्टा हुने गरी विदा दिएको हो ।
यस पछी आईतबारबाट भने आवश्यकता र अवस्था अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय संञ्चालन गर्ने र विदा गर्न सक्ने पनि सुचनामा उल्लेख गरिएको छ । यस अघि जेठ २१ देखि हिजोसम्मको लागि नगरपालिकाले विदा दिएको थियो ।गर्मी नघटेपछी पुन ः हिजो सुचना जारी गर्दै नगरपालिकाले आज र भोलिका लागि विदा दिएको हो ।