जन्ताभ्वाईस सम्वाददाता
२१ जेठ , आईतबार , २०८०
कटारी /नेपाल विद्यालय कर्मचारी परिषद नगर कमिटी कटारीले आज कटारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । परिषदको केन्द्रीय कमिटीको आन्दोलनको कार्यक्रम अन्र्तगत विभिन्न माग राख्दै परिषदले ज्ञापन पत्र बुझाएको हो ।
परिषदका नगर कमिटी अध्यक्ष भुवन पोखरेल र सचिव तेजप्रसाद तिम्सिना हस्ताक्षरित ज्ञापन पत्रमा नगरपालिकालाई सहयोग र सहजीकरण तथा जानकारी गराईएको छ । नगरपालिकाका उपमेयर गीता खड्कालाई ज्ञापन पत्र बुझाउँदै नगर कमिटीका अध्यक्ष पोखरेलले मुलुकभर सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु न्युन वेतनमा कार्यरत रहेकोमा नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भएपनि सरकारले बजेटमा नसमेटेपछी आन्दोलन गर्नुपरेको बताउनुभयो ।
परिषदको राष्ट्रिय समितिको निर्णय बमोजिम आन्दोलनहरु कटारी नगरपालिकामा पनि गरिने भएको जानकारी गराउँदै विज्ञप्तिमा बजेटको शंसोधन गरी कर्मचारीको सेवा सुविधाको सम्बोधन गर्न शिक्षक महासंघ मार्पmत माग गरिएको छ । परिषदले घोषणा गरेको कार्यक्रम अन्र्तगत जेठ २० देखि २६ सम्म विद्यालयमा चावी बुझाई , शिक्षा विकास तथा समन्वय ईकाई वा शाखा कार्यालयमा धर्ना दिने , आगामी असार १ गते काठमाडौंको भद्रकालीमा अनसन वस्ने र असार २ गतेदेखि माग सम्बोधन नभएसम्म सम्पूर्ण विद्यालयहरु वन्द गर्ने सम्म रहेको छ ।
परिषदको ज्ञापन पत्र वुभ्mदै उपमेयर गीता खड्काले परिषदको मागहरु जायज भएकाले सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले सम्बोधन गर्नुपर्ने कुराहरुमा आफु सकारात्मक भएको भन्दै उपमेयर खड्काले सरकारले पनि सम्बोधन गर्न आवश्यक मागहरु रहेको बताउनुभयो । परिषदले नगरपालिकाको शिक्षा शाखा , शिक्षा युवा तथा खेलकुद शाखा लगायत शिक्षकहरुसँग सम्वन्धित संघ संगठनहरु विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघलाई समेत ज्ञापन पत्र बुझाएको छ ।


जनता भ्वाइस 







