जन्ताभ्वाईस सम्वाददाता
२० जेठ , शनिबार , २०८०
कटारी /कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा तदर्थ समिति गठन गरिएको छ । समितिको अध्यक्षमा विष्णु पौडेल , उपाध्यक्षमा रोहित लामा र विमला खत्री,सचिवमा उमापति वास्तोला र कोषाध्यक्षमा सुरेन्द्र प्रसाद जयसवाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शत्रुधन कार्की , पुष्पसुन्दर टक्सारी , ईन्दिरा पोखरेल , अम्बरबहादुर श्रेष्ठ ,दिलबहादुर अधिकारी , संञ्जय थापा ,दिलबहादुर थापा ,सरिता श्रेष्ठ ,मिरा गुरुङ्ग र ईश्वर गिरी चयन भएका छन् ।
लामो समय विवादित वन्दै नेतृव्तविहिन अवस्थामा पुगेको समितिलाई नगरपालिकाले स्थानीय सरकार संञ्चालन ऐन २०७४ बमोजिम समिति संञ्चालनको कार्याविधि अनुसार समिति गठन गरेको जनाएको छ । समितिलाई ६ महिना भित्रमा नयाँ नेतृत्वको निर्वाचन गराउने समय दिईएको छ । ६ महिना भित्र यस अघिको आर्थिका हरहिसाव फस्र्यौट गर्नुपर्ने , विधान प्रमाणीकरण गर्ने निर्वाचन गराउने , सहज महशुलमा पानीको वितरण गर्नुपर्ने जिम्मेवारी सहित नगरपालिकाले तदर्थ समिति गठन गरेको पनि जनाएको छ ।
यस अघि लामो समयदेखि साधारण सभाको वन्द सत्रमा विवाद र निर्वाचनको मिति सम्म आईपुग्दा पनि निर्वाचन हुन नसकेपछी समिति नेतृत्वविहिन अवस्थामा पुगेको थियो । समितिको नेतृत्वका लागि उमेद्वार समेत मनोनयन भईसकेपछी निर्वाचन रोकिएको थियो । निर्वाचन गराउनुपर्नेमा थाहै नपाई तदर्थ समिति गठन गरिएको भन्दै उपभोक्ताहरुले आलोचना समेत गरेका छन् ।


जनता भ्वाइस 







