images
images

गर्मी बढेपछी कटारीका विद्यालयहरुलाई विदा दिईयो

जन्ताभ्वाईस सम्वाददाता
२० , जेठ , शनिबार , २०८०
कटारी / अत्यधिक गर्मी वढेपछी जनजीवन प्रभावित हुनुका साथै वालवालिकाहरुलाई झनै खतरा बढेको भन्दै उदयपुरका ४ नगरपालिकामा पनि विद्यालयहरु वन्द गरिने भएको छ । जिल्लाको कटारी नगरपालिका , त्रियुगा नगरपालिका , चौदण्डीगढी नगरपालिका र वेलका नगरपालिकामा गर्मीका कारण विदा दिईएको छ ।
कटारी नगरपालिकाले वर्षे विदाबाट कट्टा हुनेगरी आईतबारदेखि ४ दिन विदा दिएको छ । नगरपालिकाले अत्यधिक गर्मी बढेकाले पठन पाठनमा समस्या भएकाले विदा दिएको नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित सुचनाद्वारा जानकारी गराईएको छ । त्यसैगरी जिल्लाकै पुरानो नगरपालिका त्रियुगाले पनि आईतबारदेखि नै लागुहुनेगरी ३ दिन विदा दिएको छ ।
नगरपालिकाका अधिकृत शिवकुमारी राउतका अनुसार वर्षे विदाबाट कट्टा गर्ने गरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विदा दिईएको हो । त्यसैगरी चौदण्डीगढीमा आईतबारदेखि२ दिन र वेलका नगरपालिकामा शुक्रबार र आईतबार दुईदिन विद्यालय विदा गरिएको छ ।
उदयपुरको भित्री मधेसमा पर्ने पहाड र तराईको सिमामा रहेका ४ वटै पालिकामा गर्मी ४१ डिग्रीसम्म पुगेको छ ।गर्मीका कारण दिउँसो आउजाउ गर्न समेत कठिनाई हुने गरेको छ । गर्मीका कारण जिल्लाको गाईघाट , कटारी , वेल्टार बजारमा दिउँसो किनमेल गर्ने समेत घटेका छन् ।