जन्ताभ्वाईस सम्वाददाता
१९ जेठ , शुक्रबार , २०८०
कटारी/ कटारी नगरपालिकाले कटारी अस्पत्तालबाटै सर्पदशंको उपचार गर्ने तयारी गरेको छ । आवश्यक सवै तयारी पुरा गरी आज नगरपालिकाले सरोकारवालाहरु सँग सल्लाहा सुझाव समेत लिएको छ । एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले सर्पदशंको उपचार केन्द्रमा भविष्यमा आउने जोखिम कम गर्न सल्लाहा सुझाव लिएको हो ।
कार्यक्रमा वोल्दै कटारी नगरपालिकाका प्रमुख मेयर राजेश चन्द्र श्रेष्ठले सवैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उपचार सुरु गरेपछी आउने समस्या समाधान गर्न सवैको साथ सहयोग आवश्यक पर्ने बताउँदै मेयर श्रेष्ठले अस्पत्तालमा आवश्यक तयारी पुरा भईसकेको बताउनुभयो । कार्यक्रममा कटारी नगरपालिका उपमेयर गिता खड्का लगायतका जनप्रतिनिधिहरु , सुरक्षा निकाय , टोल विकास संस्था लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न डाक्टरहरुले सर्पको टोकाई सम्बन्धि र यसवाट वच्ने उपाय सँग सम्बन्धित प्रस्तुतिहरु समेत दिएको कटारी अस्पत्तालका मेडिकल सुपरिडेन्टेड डाक्टर गौरव साहले बताउनुभयो ।


जनता भ्वाइस 







