images
images

कटारी , ४ को कृषी उपज केन्द्रमा हाटबजार सुरु

जन्ताभ्वाईस सम्वाददाता
१९ जेठ , शुक्रबार , २०८०
कटारी/ कटारी नगरपालिका वडा नम्बर ४ मा ३८ वर्षअघि कृषि बजारलाई व्यवस्थित गर्न निर्माण गरिएको कृषि उपज केन्द्रमा आजदेखि हाट बजार लगाउन सुरु भएको छ । २०४२ सालमा सगरमाथा ग्रामीण एकिकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैँया खर्च गरेर १० वटा टहरा, ४ वटा गोदाम,१ सिटी हल निर्माण गरी दिएपनि सम्बन्धित निकायले ध्यान नदिंदा केन्द्र प्रयोग विहिन अवस्थामा पुगेको थियो ।
उक्त केन्द्रलाई पछिल्लो स्थानीय निर्वाचनपछी पुनः मर्मतगरी प्रयोगमा ल्याउने अवस्थामा पुराएको २ वर्षपछी प्रयोगमा ल्याउन सुरु गरिएको हो । केन्द्रमा हाटबजार लगाउन नगरपालिकाले मोहन कार्कीको अध्यक्षतामा कटारी हाटबजार समिति गठन गरेको छ ।
हाटबजारको अनुगमन गर्न कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ उपमेयर गीता खड्का लगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरु पुगेका थिए । नगरपालिकाले कार्यविधि नै बनाएर हाट बजार लगाउन सुरु गरेको कटारी ४ का वडाध्यक्ष भूपेश तामाङ्गले बताउनुभयो ।
अवदेखि कटारी बजारका फुटपाथका व्यापार व्यवसायलाई केन्द्रबाट संञ्चालन गरिनेछ । त्यहाँ कृषि तथा मासु लगायतका स्टलहरु राखिनेछ ।