जन्ताभ्वाईस सम्वाददाता
१७ जेठ , वुधबार , २०८०
कटारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले कटारीमा पनि संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन विस्तारकै क्रममा आज कटारी वडा नम्बर १२ मा स्वास्वापाले वडा कमिटी गठन गरेकोछ ।
कमिटीको सभापतिमा रञ्जित तामाङ् , उपसभापतिमा भोजबहादुर कटुवाल र सचिवमा दिलराम बराल चयन भएका छन् । आज रास्वापाको जिल्ला संयोजक तथा कोशी प्रदेश सदस्य चित्रकुमार कार्की समेतको उपस्थितिमा सम्पन्न वडाको भेलाले वडाको सदस्यहरुमा चक्र बहादुर बस्नेत ,यज्ञ कुमारी खड्का ,घमण्ड बहादुर राई,युद्ध बस्नेत ,कल्पना खत्री, ज्ञानु खत्री ,सुन्तली विक र वीर बहादुर सार्कीलाई चयन गरेको छ ।


जनता भ्वाइस 







