images
images

सिर्थौली सर्पदशं उपचार केन्द्रको नाम ग्रिस ग्रिष्म सर्पदंश उपचार केन्द्र राख्ने सहमति

जन्ताभ्वाईस सम्वाददाता
१७ जेठ , बुधबार , २०८०
दुधौली /सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु भएपछी विरोधमा उत्रिएका स्थानीय र सरोकारवालाहरुवीच ६ बुँदे सहमति भएको छ । दुधौली नगरपालिका–१ कुर्थौली बस्ने गंगा पहाडीका छोरा १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको सर्पको टोकाईबाट मंगलबार विहान मृत्यु भएको थियो ।
सर्पले टोकेका दुई वालकलाई प्राथमिक स्थास्थ्य केन्द्र सिर्थौलीले लापार्वाही गर्दा ज्यान गएको भन्दै स्थानीयले मंगलबार साँझ अस्पत्तालमा तोडफोड गरेका थिए । स्थानीय पीडितहरुसँग बुधबार (आज)विहान भएको छलफलले ६ बुँदे सहमति गरेको हो ।
दुधौली नगरपािलकाका मेयर दिनेश अधिकारी , उपमेयर चन्द्रकिशोर थारु , संविधान सभा सदस्य विषमलाल अधिकारी लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुले भेलाले समस्या समाधानका लागि सहमति गरेको हो ।
सहमति अनुसार दुधौली वडा नम्बर ५ सिर्थौलीको प्राथमिक स्वास्थ्य केन्द्रमा संञ्चालित सर्पदशं उपचार केन्द्रलाई मृतक वालकद्वयको स्मृतिमा ग्रिस ग्रिष्म सर्पदशं उपचार केन्द्र नामाकरण गरी स्तरउन्नती सहित संञ्चालन गर्ने , वालकदुवैको उपचारका क्रममा लापार्वाही भए नभएको तथा घटनाको विषयमा दुधौली ५ का वडाध्यक्ष यदु प्रसाद काप्mलेको संयोजकत्वमा समति गठन , स्वास्थ्य केन्द्रमा कार्याविधि वनाएर स्तम्भ निर्माण गरिने भएको छ ।
त्यसैगरी छानविन समितिको प्रतिवेदनको आधारमा अक्षयकोष स्थापना गर्ने ,सर्पदशं उपचार केन्द्रबाट थप उपचार गर्नैपर्ने विरामीलाई अन्यत्र लान परेमा विरामीका साथमा स्वास्थ्यकर्मी र निशुल्क एम्बुलेन्स नगरपालिकाले व्यवस्था गर्ने , सहमतिहरु कार्यान्वयन गर्दै स्वास्थ्य केन्द्रको सेवा नियमित सुचारु गर्ने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आमासँग सुतिरहेको अवस्थामा बालक दुवैलाई सर्पले सोमबार राति टोकेको थियो । सर्पको टोकाईबाट छोरा छटपट्याउन थालेपछि गंगा सोमबार बिहान ३ बजे व्युँझिएर छोराहरुलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लग्नुभएको थियो ।
बालकको उक्त स्वास्थ्य केन्द्रमा उपचार हुन सम्भव नभएपछि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । मंगलबार बिहान ८ बजे चिकित्सकले दुबै बालकलाई मृत घोषण गरेको र ग्रिसको बायाँ हातको साहिँली औंला, ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले टोकेको निलडाम रहेको प्रहरीले जनाएको छ ।