images
images

कटारी नगरलाई खानेपानी सम्बन्धि माओवादीको ज्ञापन पत्र – कार्यपालिका वैठकको निर्णय अनुसार अघि बढ्ने मेयरको भनाई

जन्ताभ्वाईस सम्वाददाता
जेठ १६ , मंगलबार , २०८०
कटारी / नेकपा माओवादी केन्द्र कटारी नगर समितिले कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विवाद अन्त्यका लागि ३ वुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । मंगलबार समितिले कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा रोकिएको खानेपानीको निर्वाचनलाई यथासिघ्र अगाडी वढाउनु पर्ने ,खानेपानीमा आर्थिक हिना मिना भएको गम्भिर प्रश्न आएकाले त्यसलाई छानविन गरी दोषि देखिए कानुनी कार्वाही अगाडी वढाउनु पर्ने र खानेपानीमा राजनीतिक पूर्वाग्रह नराखी पारदर्शी र स्वच्छ सर्वशुलभ मूल्यमा उपभोक्तालाई पानी वितरण गर्नुपर्ने माग राखिएको छ ।
माओवादीको ज्ञापन पत्र वुझेको जानकारी दिंदै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले विवादित खानेपानीको विषयमा आगामी कार्यापालिका वैठकमा प्रस्ताव राखेर छलफल गर्ने बताउनुभयो । कार्यपालिकाको वैठकले जे निर्णय गर्छ त्यहि अनुसार नगरपालिका अघि बढ्ने पनि मेयर श्रेष्ठले बताउनुभयो ।
खानेपानीको गएको १३ फागुनमा उदघाटन समारोह सम्पन्न भई वन्द सत्रले विधान पारित गरेपनि आर्थिक प्रतिवेदन पारित गरेको थिएन ।पारित नभएपछी रोकिएको बन्द सत्रले सविन खानको नेतृत्वमा छानविन गर्न आन्तरिक लेखा परिक्षण समिति गठन गरेको थियो ।समितिले विभिन्न समयको छलफल पश्चात ३१ वैशाखको वन्द सत्रमा प्रतिवेदन वुझाएपछी निर्वाचन गर्ने मिति सहित ३ सदस्यिय निर्वाचन मण्डल गठन गर्दै ६ जेठमा निर्वाचन तय गरेको थियो ।
छानविन समितिको आर्थिक प्रतिवेदनमा आएका हिसावमा समेत सवै वुँदा पारित भएको थिएन ।आर्थिक रुपमा हिसाव चित्त वुभ्mदो नभएपछी आगामी निर्वाचित समितिले पुन छानविन गर्ने निर्णय सहित निर्वाचन तालिका अघि बढेको थियो । तालिका अनुसार ३ जेठमा अध्यक्षमा चार जना सहित अन्य पदाधिकारीहरुको मनोनयन दर्ता गरी नामावली प्रकाशन गरिएको थियो ।
विवाद पश्चात विधानको अध्ययन गर्ने क्रममा विधान नै कानुनी रुपमा कतै पनि प्रमाणिकरण नभएको पाईएको भन्दै निर्वाचन रोकिएको छ । कानुनी रुपमा प्रमाणीकरण नभएको विधानलाई प्रमाणीकरण गर्न कृष्ण थापा , जिवनाथ दाहाल र विश्वनाथ दासको ३ सदस्यिय समिति गठन गरिएको थियो ।