images
images

दुधौलीको जगाडीमा दुर्गा प्रसाई नेतृत्वको महाअभियान सम्वन्धि अन्र्तकृया , डकाहामा वृहत कार्यक्रम गर्ने बारे छलफल

जन्ताभ्वाईस सम्वाददाता
१३ जेठ , शनिबार , २०८०
दुधौली/ दुधौली नगरपालिका वडा नम्बर ६ ,जगाडीमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता , धर्म , संस्कृति र नागरिक वचाउ महाअभियान अन्र्तगतको विशेष अन्र्तकृया आज सम्पन्न भएको छ । वैंक तथा लघुवित्तको ज्यादती विरुद्ध एकजुट हौं , आत्महत्या नगरौं , घरगाउँ छोडेर नभागौं भन्ने नारा सहित अन्र्तकृया तथा संगठन विस्तारको कार्यक्रम सम्पन्न गरिएको हो ।
महाअभियानका अभियन्ता विजय थापाले गाउँ घरमा लघुवीत्तकै कारण धेरै जना महिलाहरु आत्महत्या गर्ने , घर छोडेर भाग्ने परिस्थितिमा पुगेको भन्दै सवैलाई वाँच्ने अधिकार सुनिष्चित रहेकाले संगठन विस्तारको कार्यक्रम जारी रहेको बताउनुभयो । थापाले लघुवीत्तको २० लाख मुनिको ऋण मिनाहाको माग लघुवीत्तसँग नभई सरकारसँग भएको बताउँदै सरकारलाई दबाव दिन संगठन विस्तारको कार्यक्रम जारी रहेको बताउनुभएको थियो ।
अहिले सिन्धुलीमा संगठन विस्तारको कार्यक्रमहरु तिव्र भईरहेको बताउँदै निकट भविष्यमै डकाहामा महाअभियानको नेतृत्वकर्ता दुर्गा प्रसाईको उपस्थितिमा वृहत कार्यक्रमको तयारीबारे छलफल भईरहेको बताउनुभयो । अभियानका अर्का अभियन्ता निशान राईले लघुवीत्त पीडितहरुले स्वतस्पूmर्त रुपमा अभियानसँग जोडिन चाहेकाले संगठन विस्तार गरिरहेको बताउनुभयो ।
डकाहा क्षेत्रमा कार्यक्रम र अभियानलाई तिव्रताका साथ अघि बढाउन पीडितहरु सम्पर्कमा आउने क्रम जारी रहेको स्थानीय ब्रह्मबहादुर विश्वकर्माले बताउनुभयो । कार्यक्रमकै अवसरमा दुधौली १ बंकाका ३२ वर्षिय क्यान्सर पीडित रुद्रबहादुर सार्कीलाई उपचारमा सघाउ पुराउन पहल गर्ने पनि अभियन्ता थापाले प्रतिवद्धता जनाउनुभयो । प्रसाईको क्यान्सर अस्पत्तालमा तत्कालै उपचारका लागि प्रकृया अघि बढाउने भन्दै थापाले अस्पत्तालमा तत्काल जान पीडित सार्कीलाई आग्रह गर्नुभयो ।