जन्ताभ्वाईस सम्वाददाता
१३ जेठ , शनिबार , २०८०
दुधौली /दुधौली नगरपालिका , १ बंकाका ३२ वर्षिय युवा रुद्रबहादुर सार्कीले आर्थिक अभावका कारण क्यान्सरको शल्यकृया लगायतका उपचार गराउन सकिरहनुभएको छैन् । डेढवर्ष अघि थाईराईड विग्रेर घाँटीको क्यान्सर भएका सार्कीले भक्तपुर स्थित क्यान्सर अस्पत्तालमा उपचार गराउनुभएको थियो ।
चिकित्सकले शल्यकृया गर्नुपर्ने बताएपनि आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको उहाँले बताउनुभयो । श्रीमति तुलसा मग्राती , २ छोरा र १ छोरीको पालन पोषणको जिम्म सार्कीसँग थियो । घरबनाउने लगायतका मजदुरी गर्ने उहाँ विरामी पर्नुपभएपछी झनै समस्या बढेको छ ।
सार्कीले घरपरिवारको सहारा आफुलाई बचाउन सवैसँग सहयोगको अपेक्षा गर्नुभएको छ । सार्कीलाई सहयोग गर्ने ईच्छुकहरुले सार्कीको नाममा रहेको कृषि विकास वैंक लिमिटेडको खाता नम्बर १०–२८३–०५०८१९६२–०१–१ मा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै सार्कीको मोबाईल नम्बर ९८०८९४२७०५ मा पनि फोन गरेर थप जानकारी सहित सहयोग गर्न सक्नुहुनेछ ।


जनता भ्वाइस 







