जन्ताभ्वाईस सम्वाददाता
१३ जेठ , शनिबार , २०८०
कटारी /कटारी स्थित वसपार्क क्षेत्रको आज सरसफाई गरिएको छ । ट्राफिक प्रहरी पोष्ट कटारी र हिमाली यातायात व्यवसायी संघको संयुक्त आयोजनामा वसपार्क क्षेत्रको सरसफाई गरिएको हो ।
ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईराला लगायतका पोष्टका प्रहरी तथा कटारी , ४ का वडाध्यक्ष भूपेश तामाङ् , स्थानीय राजनीतिक दलका अगुवाहरुको उपस्थितिमा सरसफाई गरिएको हो । वसपार्क क्षेत्रलाई सफा राख्नका लागि सरसफाई गरिएको ट्राफिक प्रहरी पोष्ट कटारीले जनाएको छ ।



जनता भ्वाइस 







