
जन्ताभ्वाईस सम्वाददाता
१३ जेठ , शनिबार , २०८०
कटारी/ कटारी , ४ मा आज विहान ट्रकको ठक्करबाट एकजना घाईते भएका छन् । कटारीबाट खोटाङ्तर्पm जाँदै गरेको वागमति प्रदेश ०१–००६ख २३८८ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको साईकल यात्री कटारी , ४ मरुवाका ४२ वर्षिय मणी प्याकुरेललाई ठक्कर दिएको हो ।
ट्राफिक पोष्ट कटारीका अनुसार घाईते प्याकरेललाई कटारी अस्पत्तालमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरको नोवेल अस्पत्ताल पठाईएकोे छ । ट्रक र ट्रक चालक सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर १२ जिनाखुका २२ वर्षिय पदम बहादुर सुनुवारलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ ।