images
images

कटारी ४ मा रास्वापाको वडा कमिटी गठन

जन्ताभ्वाईस सम्वाददाता
१० जेठ , बुधबार , २०८०
कटारी/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले कटारीमा पनि संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन विस्तारकै क्रममा आज कटारी वडा नम्बर ४ मा स्वास्वापाले वडा कमिटी गठन गरेकोछ ।
कमिटीको सभापतिमा बेद प्रसाद पराजुली , उपभासपतिमा कृष्णमाया राई र सचिवमा ओमबहादुर मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा तारा गिरी , राधिका कुमारी न्यौपाने , चन्द्र श्रेष्ठ , सोममाया मगर , गणेशबहादुर खत्री नारायणध्वज श्रेष्ठ , नानीवाबु विक , र वन्दना खत्री खड्का चयन भएका छन् ।
त्यसैगरी आजै वसेको भेलाले पार्टीको र्यापिड एक्सेन कमिटी पनि गठन गरेको छ । कमिटीमा टेकराज निरौला संयोजक रहनुभएको छ । सदस्यहरुमा केशव पौडेल , रत्नबहादुर खत्री ,खगेन्द्र प्रसाद पहाडी , र नारायण राउत चयन भएका छन् ।