images
images

(साहित्य / कथा ) चनमती

-भिम पौडेल ‘घाँसे’
चनमती एउटा पहाडी गाउँमा जन्मी हुर्की गरेकी केटी हो । उसका आमा बाबु खेती किसानी भएकाले घर गोठ, हलो कोदालो, पर्म जस्ता आफूहरूलाई आइपरेका दैनिकी कामका पेशाहरूमा तल्लिन रहन्थे । उनिहरूको बसोबास दुर्गम क्षेत्रमा भए पनि उनिहरूमा रहेको लगनशिल श्रम, मेहेनत र पसिनाका कारणले खान, लाउन, घर व्यवहारको गुजारा टार्न अरुसँग हात पसार्नु परेको थिएन । मन्द–मन्द गतिमा व्यवहारको प्रगति अगाडी बढिरहेकै थियो । चनमती आमा बाबुको पहिलो गर्वको रूपमा जायजन्म भएकी  छोरी थिई । जेठी बाठी र पहिलो सन्तान भएर जन्मेकै कारण, उसले आफ्ना आमा बाबुको अग्रिम प्यारका साथै व्यवहारिक घर्सनमा पनि सानै उमेरमा भागिदार बनेर हेलिनु परेको थियो । घरसारका कामहरू योले, त्योले भाइ,बैनाको रखवारीमा खट जस्ता इत्यादि काममा उसले पछि जन्मेका भाइ,बहिनी भन्दा बढीनै भोगेर हुर्केकी थिइ ।
पहाडी क्षेत्र भए पनि शिक्षाको पहँुच फैलदै जाँदा गाउँमै मा.वि विधालय स्थापना भैसकेको  थियो । आमा बाबुले चनमतीलाई त्यही विधालयमा भर्ना गरिदिएका थिए । ऊ घर व्यवहारमा आइपर्ने घाँस,दाउरा भ्याएको मेलापात धान्दै पढ्न पनि जान्थी । उसले त्यस विधालयमा पढन थालेको पनि धेरै बर्ष वितिसकेको थियो । कक्षा १ देखि व्रmमिक रुपले पढदै अवत कक्षा नौ मा पुगिसकेको थिई । उमेरको तह पनि १४ ÷१५ वर्षकी पट्ठी बन्दै थिई ।  विद्यालय  सार्वजनिक थलो हो । सार्वजनिक थलो भएकाले सबैतिरका गाउँघरहरूबाट आएका धेरै थरी साथिहरू जम्मा  हुन्थेनै । चनमती अलिक नजान्दी अधिर स्वाभावमकी केटी थिई । तर ऊ अधिर स्वाभावकी भए पनि सरल  सरस मिजासकी तुरुन्तै विश्वास राख्ने हँसिली थिई । जो कोही साथी संग पनि मित्रताको गाँठो छोटो समयमा पनि कसिहाल्थी ।  ,नयाँ साथीहरु देख्दा पनि हाईहेलोमा पुगिहाल्थी । त्यसैले विद्यालयमा सबै सार्थीहरूले उसलाई हँसिली र रसिली केटीको रुपमा चिन्दथे ।
 विद्यार्थीहरू खाली समयमा खुला चौरीमा  मmुण्ड मmण्ड बसेर गफिने हाँस्ने भैरहन्थ्थो । हुने खाने साथिहरू त झन् महंगा महंगा मोवाइल चलाई रहन्थे । मोवाइलका  अनलाइन भित्रका फेसबुक, टिकटक, युटुव, सिरिमल आदि हेरिरहन्थे । ऊ पनि साथीहरू सँग मोबाइलका चटक लाग्दा र हेरुँ हेरुँ लाग्ने प्रशंगहरू हेर्न लालयित हुन्थी । त्यसैले साथिहरूसँग लेपास्सिएर हेर्न पुग्थी । हुँदा हुदाँ उसलाई पनि त्यस्तै मोवाइल खेलाउँने इच्छा तिव्र भएर आयो । रहर तिव्र भएपछि आफ्ना इच्छा आकांक्षाहरू लगेर आफ्ना आमा बाबुसँग गनगन् गर्न थाली । यसरी छोरीले मोवाइल भनेर दङ्ग्याएका पनि धेरै दिन भैसकेको थियो ।
एकदिन लाचार भएर आमा बाबुले पनि खोरको एउटा खसि बेचेर मोवाइल किनिदिए । अब भने उसको मोवाइल प्रतिको शान आफ्नै ढङ्गले बडेको थियो । ऊ फुर्सत मिल्योकि मोवाइलमै अम्लो धसारी रहन्थी । लामा लामा सिरियल हेरेर राती अबेर सम्म पनि सुत्तैन थिई । फेसबुकमा भेटिने केटाहरूसँग पनि जताभावि बोल्ने हाँस्ने गर्थी । उसको मोवाइल प्रतिको बडी लत देखेर आमा बाबुले गाली नगरेका पनि होइनन् । आमा बाबुको आखाँ छलेरै भए पनि आफ्नो बानी छोड्दैन थी । यसरी मोवाइल्नै जीवन हो ठानेर मोबाइलमै खेलिरहन्थी ।
मोवाइल भित्रकै संजोग र करामत हो । एक दिन राम्रो फोटो भएको केटाले उसलाई कमेन्ट गरेर सम्पर्क गर्न थाल्यो । ऊ पनि मख्ख परेर उसैसँग कुराकानी गर्न व्यस्त भई । आपसि गफै गफमा केटाले मायाजालको रस ऊ माथी पोख्न थाल्यो । ऊ पनि भावुक भएर दिनानुदिन केटो प्रति आर्कषण बन्न थाली । प्रेमै प्रेमको भाषामा वार्तालाप चल्दथ्यो । प्रेमकै गफमा उनिहरूका फुर्सद बित्तथे । यसरी दिनानु दिन फोनबाट बोल्दा बोल्दै माया जालको अनौठो नशाले चनमती चुर्लुम्म डुब्न पुगी । कुनै दिन आपसी गफ हुन नसक्ता ठूलै बेचैन हुन्थ्यो, चनमतीलाई । यसरी त्यो फेसबुको केटोसँगको मायाजालमा  फसिसकेकी थिई, ऊ । फसेकी मात्रै थिईन कि ऊ बिना बाँच्न सक्तिन ठान्थी आफूलाई । केटाको हाउभाउ, लोलीबोली, हँसाइ लवाज, प्रेमभावको कथन, सबै कुरालाई लुटुक्क परेर विश्वास गर्थी । केटाले पनि प्रेमरसका अनगिन्ती, फोहोराहरू ऊ माथि राम्ररी छर्की दिन्थ्यो । त्यसैले ऊ प्रेम रसले निथ्रुक्क भिजेकी थिइ ।
यसरी चनमती केटाको मायामा पूर्ण फसीसकेकी थिई । केटो आफूलाई पोखरा घर भएको अनि  हाल काठमाण्डौमा सरकारी जागीर खाएको वर्णन सुनाउँथ्यो । चनमती मख्खपर्दै केटोमाथि उत्तिकै लोभिन्थी । आपसमा नछुट्टिने वाचा कसम खाईसकेका थिए, दुवैले  । यहि शिल्शिलामा चनमतीले केटोलाई वचन दिएकी थिई, –‘‘ घरैमा माग्न आउनु भनेर । तर केटोले लामो फूर्सदको विदा आफुलाई नमिल्ने भन्दै अप्ठयारो जनाएको थियो । यस विषयमा चनमति मनमनै टोलिन्थी । त्यो केटो भन्ने गथ्र्यो — ‘‘तिम्रो घर नजिक कटारी बजार झर म पनी कटारी सम्म आउँछु अनि सँगै हौला हुन्न भन्थ्यो,, ।
    यसरी धेरै दिनसम्मको तर्क वितर्क पछि एकदिन चनमतीले हुन्छ भन्ने बचन दिई । सल्लाहा वमोजिम चनमती कटारी बजार झरी । त्यो केटो पनी काठमाण्डौ बाट कटारी आयो । फोनैफोनले दुवै कटारी वजारमा जम्काभेट हुन पुगे । भेट हुनासाथ दुवै कानेखुसिको भाषामा सुटुक्क गाडी चडेर  काठमाण्डौ तिर हुइकिए ।
रात्री कालिन बसको सिटमा अडेस लाग्दै चनमती टोलाइरहेकी थिई । आफ्नो अकाट्य इच्छा पुर्ति भएको क्षण त थियो नै, तर अवान्तर कता कता आफू यसरी आफूखुसी हिडेको सत्य प्रति उसको मन डराइरहेको थियो । आफ्नो बैवाहिक सम्बन्ध यसरी होला भनेर, उसले कहिल्यै सोचेकी थिईन । तर आज अचानक झुलो चक्मक झँै यो अवस्थामा पुग्दा मनमा अचम्बको सोच खेलिरहेको थियो । त्यसैले उसका मनका तर्क बितर्कहरू मोहीपार्दा मदानी चलेझै घार्र र घुर्र दायाँँँँ र बायाँ दुबै तर्फ चलिरहन्थे । आफ्नो जन्म घर, आमा बाबु अनि गाउँभरिका सबैलाई दाँजोमा सम्झन पुग्थी । त्यो परिभेष सम्झदा पनि आफ्नो बाध्यकारी व्यवहार सम्झेर मनमा नरमाइलो खेल्थ्यो नै । फेरि पोखराको तिनतले घर र जागिरे केटाको मलमले नरमाइलो घाउलाई मलम दल्न पुग्थी । सोचका तरङ्गहरू समुद्रमा छाल चलेझै चलिरहेका थिए । यता गाडिको दुरदुराहट एकतमासनै थियो । त्यो बेला उसलाई लाग्थ्यो –मेरो सोचाइमा मिल्ने संगित हो, दुरदुराहट । यो संगित भित्र सोचिरहनु मेरो यतिखेरको नियती र अनौठो क्षण हो ठान्थी ………
बसको लामो यात्राभित्र सोचका लहरहरूलाई दोहो¥याई तेहे¥याई सम्झन्थी । फेरि उसले आफूले रोजेको जीवन साथिलाई एकपल्ट सुटुक्क चोरेर हेरी । सबै अङ्गप्रत्यङ्गमा नजर कुदाई । कुनै खोट त देखिन कतै, बरु आफूभन्दा अलि नजान्दो पाको होकी ! उसको मनले लख काट्थ्यो । गाडी भने आफ्नै रफ्तारमा निरन्तर गुडिरहेकै थियो । बाहिरको दृश्यहरू हेर्न अँध्यारोले  प्रस्ट थिएन । परपर बस्तिहरूमा ताराझँै छरपट्ट छरिएका बिजुलिका बत्तिहरू एकपछि अर्को हुँदै फुत्तफुत्त बेलाबेला कटिरहन्थे । कतै कतै भेटिने सहरबजार यरिया पार गर्दा भने झलमल्ल उज्यालो देखिनुका साथै किराना पसलहरूका रङ्गीचङ्गी रौनकहरू र ठूलाठूला महलहरू पनि फुत्तफुत्त पार हुन्थे । उसको मनलाई यी सबै रौनक र दृश्यहरू नौलो र भिन्न लाग्थे । जतिजती टाढा पुग्दै जान्थी उतिउती उसको बिक्षिप्त मनलाई न्यास्रो बढेझै महसुस हुन्थ्यो । यसरी जीवनको एकल निर्णयले ठूगिरहेको थियो, उसलाई ……..
वैवाहिक प्रारम्भ र प्रारब्ध दुवै प्रश्न बनेर अगाडी खडा थिए । घरिघरी ऊ विस्वास भित्र अविस्वाशलाई पनि खोज्ने गर्थी । सोच्थी –‘‘ कतै विपरित भैदियो भने ! मेरो हालत के होला ! फेरि आफैले आफुलाई अटल बनाउथी ,,– ‘‘काहाँ त्यस्तो हुनु ! तेत्रो विस्वास र  बाचा पछिको निर्णय न हो यो ! कदापि मैले तेतातिर सोच्नु बेस होइन,, । तर पनि जीवनको महत्वपूर्ण सवाल भएकाले होला आजित भने थिई ऊ । प्रगाढ प्रेमको भिषण बाडिले एकै पोको पारेर बगाइनै रहेको थियो उसलाई । त्यो बाढी सँगै आफ्नो माइतिघरलाई लत्याएको कालो कर्तुत पनि सँगसँगै उर्लदै थियो । त्यसैले अविरल इच्क्षापुर्ति हुदै गर्दा पनि हजारौ नरमाइलाहरू सँगै थिए ।
ऊ एकोहोरी हुनुको कारण नै पोखरा सहरको तिनतले घर र सरकारी जागिरे पोइनै थियो । आफूलाई सार्थक बनाउने कल्पना ऊ भित्र पनि खेल्थ्यो नै । यसैले सबै चिजलाई गोलिमारेर त्यो प्राप्त गर्न केटोसँगै सिटमा लुट्पुटिन पुगेकी थिई । वास्तविकता भेट्न हिडेकी भए पनि गन्तव्यमा पुग्न बाँकी नै थियो । ऊ ततै जादै थिई । वास्तविकता प्राप्त गरेपछि ऊ आफूलाई सबल सम्झन्थी । यो सबै प्रमाणित भएपछि उसको कुरा काट्नेहरूले पनि स्यावासी फर्काउने छन, उसको ठहर थियो । बाबु आमाले पनि सन्तुष्टीको सास फेरेर प्रेरणा दिने छन् , उसको कल्पना थियो । यसरी नै सोचाइको जालोभित्र गाडीको लामो यात्रा गरिरहेकी थिई चनमती ।
मिरमिरे उज्यालो सँगै चनमतीलाई त्यो केटाले काठमाण्डौको एउटा चोकमा उता¥यो । फेरि एउटा सानो गाडी चढाएर उसको कोठासम्म पु¥यायो । कोठाको ताला चाबिले उघार्दै बोल्यो – ‘‘चनमती ! यहि हो मेरो कोठा भित्रपस,, ! चनमती कोठा भित्र पसी र देखी कोठाको एकपाटो सिलिन्डर ग्यास राखिएको थियो, भने अर्को तिर सुत्ने ओछ्यान थियो । ऊ त्यही ओछ्यानमा बस्न पुगी । आज उसको मनमा अनौठो प्रत्याभूति नाचिरहेको थियो । अब ऊ छोरीको जीवनबाट बुहारीको जीवनमा प्रवेश गर्दै थिई । त्यसैले होला उसका मनका ढुकढुकीहरू तिव्र थिए ।
यसरी काठमाण्डौको सहरमा कसैको घरको कोठामा कैद भएर चनमतीको वैवाहिक सम्बन्ध सुरु भयो । उसको लोग्ने विहान सखारै जागिरको डिउटी भन्दै सहरतिर जान्थ्यो, बेलुका साँझमा कोठामा आउथ्यो । उसको जागिर कहाँ थियो, कहाँ जाथ्यो, के गरथ्र्यो, चनमतीले देखेकी थिईन । पोखराको तिनतले घर हेर्न मनआतुर भए पनि उसको लोग्नेले अहिल्यै जान जागिरबाट विदा नमिल्ने र अब आउने दशै विदामा जानु पर्छ भन्दै विस्वास दिलाउथ्यो । ऊ पनि विस्वासमा फसीरहेकी थिई । खानलाउँन कोठामा काम चलाउ सामाग्री छदै थियो, ऊ पनि निश्फिव्रmी कोठामै विताउँथी । यसरी नै दिनहरू वित्तै थिए । ऊ सँग वैवाहिक सम्बन्ध गाँसेको पनि लगभग पाँच महिना नाघिसकेको थियो ।
एक दिनको कुरा हो, विहान सखारै उनिहरूको कोठामा तिनजना महिलाहरू अचानक प्रवेश गरे । को को थिए , चनमतीलाई थाहाँ थिएन । उसको लोग्ने डिउटी जान तरखर गर्दै थियो । तिन जना मध्येकी एक जना महिलाले उसको लोग्नेलाई तेरिमा साइद्वा ! त्यो को हो ? भन्दै आक्रमण गरी । आक्रमणबाट फुत्किएर ऊ बाहिर भाग्यो । कता पुग्यो चनमतीले देख्ने अवसर पाईन । त्यसपछि त्यो महिला एका एक चनमतीको चुल्ठो जगल्ट्याउन आइलागी । त्यस महिलाको आक्रोसित आवाज थियो – ‘ तेरिमा रन्डी ! आर्काको पोइसँग आउने, मेरो सौता बन्न आएकी रन्डी ! भन्दै मारमुग्रि लगाउन थाली । चनमती भने चिच्याई ! चिच्याई ! रुन थाली  । चनमतीलाई त्यस महिलाले कोठाबाट घिसार्दै बाहिर निकाली । खुल्ला रोडमा ल्याएर झन्झन कुट्न थाली । त्यो देखेर सबैतिरका महिलाहरू तुरुन्तै जम्मा भए  । जम्मा भएका महिलाहरूले कुट्नबाट जोगाए । त्यहाँ त्यही विषयलाई लिएर चर्चा परिचर्चा ठूलो भयो । चनमतीलाई हातपात गर्ने महिला उसको लोग्नेको जेठी श्रीमती रहिछे । दुदीवटा छोराछोरी समेत घरमा रहेछन् । उसको घर पोखरा नभएर सिन्धुपाल्चोक जिल्लाको कुनै गाउँमा पर्दो रहेछ । उसको सरकारी जागिर थिएन, केवल लेवर काम गरेर जीविका चलाउँदो रहेछ । त्यहाँ सबै कुराको पर्दाफास भयो । चनमती एक्कासी छाँगाबाट खस्न पुगी । हिजो देखीका तमाम विस्वासहरू पलभरमै तिखो वाण बनेर रोपिए । मनमुटु विपरित ज्वाला बनेर दनदनी दन्किन थाल्यो । ऊ घोप्टो परेर रोहिरइ ………………….।
अझै त्यो महिला उर्लीउर्ली बोल्दै थिई – ‘‘जुन बाटो आएकी थिइस् रन्डी ! त्यही बाटो लागिहाल ! तेरो यहाँ एकपल पनि बस्ने अधिकार छैन,, भन्दै लम्कि र झम्कि गर्थी । अरु महिलाहरूले छेकथुन गर्थे । उसको लोग्ने त्यो समाजमा थिएन । निरिह चनमती धकी धकी रोइरहेकी थिई । यो बेला  चनमतीलाई मोवाइल मोह घृणा बनेर रोयो । आफ्ना आमा बाबु र आफन्तहरूले दिएको दिव्य उपदेश साश्वत दाग बनेर खडा भए । भाग्य र भविष्य अनिस्चित तिर धकेलियो । आफू कसैको प्रलोभनमा राम्ररी फसेको कुराले मुर्छाखाई । त्यही फासिस्ट पापिको पाप उसको पेटमा सुरु भैसकेको थियो  । ऊ आफूलाई ओल्लो घाट न पल्लोतिर सम्झन्थी । आफूलाई धैर्य गराउने कुनै मन्त्र थिएन । त्यसैले चनमती आफ्नै भाग्यलाई धिकार !! पुकारेर बेहाल रोहिरही रोहिरही दर्दनाक रुवाइ …………………………।