images
images

कटारी , ४ बाट एक महिला डेढमहिनादेखि वेपत्ता

जन्ताभ्वाईस सम्वाददाता
९ जेठ , मंगलबार , २०८०
कटारी /कटारी नगरपालिका वडा नम्बर ४ की ४० वर्षिय रिता राई डेढमहिनादेखि वेपत्ता हुनुभएको छ । कटारी ४ मरुवा चुलाढुंगा स्थित निजि निवासबाट गएको चैत्र २४ गते हिेंडेका रिता वेपत्ता भएको श्रीमान केशबहादुर राईले बताउनुभयो ।
५ फिट उचाई , गहुँगोरो वर्णको , निधारमा खत भएको रिता राईको खोजिका लागि सवै आफन्तजन तथा सवै निकायहरुमा पहल गर्दा पनि हालसम्म सम्पर्क विहिन भएको पनि श्रीमान केशबहादुरले बताउनुभयो । भारत जान्छु भनेर हिंडेका उनी सामान्य डिप्रेशनमा रहेको पनि श्रीमान राईले बताउनुभयो ।
वेपत्ता राईको ३ छोरा , एकजना वुहारी र नाती एकजना रहेका छन् । उनलाई देख्ने भेट्ने महानुभावहरुले सम्पर्क नम्बर ९८६१७२२०६७ मा सम्पर्क गर्न पनि श्रीमान केशबहादुर राईले आग्रह गर्नुभएको छ ।