images
images

लामो समय देखि विवादास्पद कटारीको खानेपानीको विवादकै कारण निर्वाचन स्थगित

जन्ताभ्वाईस सम्वाददाता
५ जेठ , शुक्रबार , २०८०
कटारी / कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति तेस्रो साना सहरी खानेपानी आयोजनाको ६ जेठ शनिबार गर्ने तयारी रहेको निर्वाचन स्थगित भएको छ । १३ फागुनमा उदघाटन समारोह सम्पन्न भई वन्द सत्रले विधान पारित गरेपनि आर्थिक प्रतिवेदन पारित गरेको थिएन ।
पारित नभएपछी रोकिएको बन्द सत्रले सविन खानको नेतृत्वमा छानविन गर्न आन्तरिक लेखा परिक्षण समिति गठन गरेको थियो ।
समितिले विभिन्न समयको छलफल पश्चात ३१ वैशाखको वन्द सत्रमा प्रतिवेदन वुझाएपछी निर्वाचन गर्ने मिति सहित ३ सदस्यिय निर्वाचन मण्डल गठन गर्दै ६ जेठमा निर्वाचन तय गरेको थियो । छानविन समितिको आर्थिक प्रतिवेदनमा आएका हिसावमा समेत सवै वुँदा पारित भएको थिएन ।
आर्थिक रुपमा हिसाव चित्त वुभ्mदो नभएपछी आगामी निर्वाचित समितिले पुन छानविन गर्ने निर्णय सहित निर्वाचन तालिका अघि बढेको थियो । तालिका अनुसार ३ जेठमा अध्यक्षमा चार जना सहित अन्य पदाधिकारीहरुको मनोनयन दर्ता गरी नामावली प्रकाशन गरिएको थियो ।
प्रकाशित नामावलीमा दावी विरोधको समयमा निवर्तमान अध्यक्ष दोजराज पौडेलेमाथि आर्थिक पारदर्शिता नभएको र वन्द सत्रले आर्थिक प्रतिवेदन नै पूर्ण रुपमा पारित नगरेकोले निर्वाचनमा उठ्न नमिल्ने भन्दै दावी विरोध परेको थियो । साथै सचिव पदका उमेद्वार दिलबहादुर थापा माथि पनि दावी विरोध परेको थियो ।
विवाद पश्चात विधानको अध्ययन गर्ने क्रममा विधान नै कानुनी रुपमा कतै पनि प्रमाणिकरण नभएको पाईएपछी निर्वाचन रोक्नु परेको हो । १३ फागुनको वन्द सत्रमा पारित विधान माईन्युटमा समेत उल्लेख गरी टाँसिएको छैन् ।विहिबारको छलफले दावी विरोधमाथि छलफल गर्न र उमेद्वारहरुलाई प्रचार प्रसार गर्न समय अपुग भएको कारण देखाउँदै निर्वाचन स्थगित गरिएको हो ।
अर्को विधानको ड्राप्mट मात्र समितिसँग रहेको छ । कानुनी रुपमा प्रमाणीकरण नभएको विधानलाई प्रमाणीकरण गर्न कृष्ण थापा , जिवनाथ दाहाल र विश्वनाथ दासको ३ सदस्यिय समिति गठन गरिएको निर्वाचन मण्डलका सदस्य विष्णु पौडेलले बताउनुभयो ।
उमेर हदको दावी विरोधको छलफलमै विवाद सिर्जना भएसँगै निर्वाचन रोकिएको छ । आर्थिक प्रतिवेदनको क्लिनचिट नपाई उमेद्वार बन्ने विषयमा छलफलले टुंग्याउन सकिरहेको छैन् । वैधानिक रुपमा प्रमाणीकरण नभई संस्था संञ्चालन तथा लामो समय झण्डै ५ वर्षदेखिको निरन्तको विवाद , आर्थिक प्रतिवेदनमा स्पष्ट निर्णय नहुनु , तत्कालिन समयमा चर्को महशुल , धारा जडानमा मात्रै चर्को महशुल २५ हजार एउटा धाराको जडान खर्चले मध्यम र विपन्न वर्गलाई धाराको पहुँचमा नपुराउनु लगायतका विवादै विवाद रहेको समिति पुन ः थप विवादमा फस्दै गएको छ ।
अन्तत ३ जेठको प्रकाशित उमेद्वारको नामावली सम्मको प्रकृयालाई यथावत राखि विधान प्रमाणीकरण तर्पm अघि बढेको प्रकृयाले पूर्णता पाएपनि माईन्युटमा उल्लेख नगरिएको वन्द सत्रको निर्णय के थियो ? उपभोक्ता भेला सम्म नै पुग्ने की ? गोलमटोलमा विवादास्पद प्रमाणीकरण गर्ने लगायतका थुप्रै विवादका विषय कायम छ ।
निर्वाचन पछी लय समाउला र सहज पानीको महशुल सहज दरमा पानी जडान गर्न र कटारीको पानीको समस्याबाट मुक्त भईएला भन्ने आम कटारी बजार आसपासर बजारवासीको आशामा धमिलो छाँया प्रष्ट लागेको छ । ३ जेठ सम्म आईपुग्दा मनोनयन दर्ता भएको प्रकृया प्रमाणीकरण नै नभएको विधान अनुसार गरिएकोले वैधानिकता पाउला वा फेरी अवैधानिक नै ठहरिएला त्यो भने कटारीका बुज्रुकहरुले कुन निष्कर्षमा पुराउला हेर्न बाँकी छ ।
समितिको अध्यक्षका लागि ४ जनाले उमेद्वारी दिएका छन् । जसमा घमण्डबहादुर खत्री , दोजराज पौडेल , रोहित लामा र क्षेत्रबहादुर तामाङ्ग रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षका लागि विमला खत्री राउत , सरिता श्रेष्ठ र हिराकुमारी भट्टराईको उमेद्वारी परेको छ । खुल्ला उपाध्यक्षका लागि पुष्पसुन्दर टक्सारी र सुरेन्द्र जयसवालको उमेद्वारी परेको छ । सचिवमा उमापति वास्तोला र दिलबहादुर थापाले उमेद्वारी दर्ता गराएका छन् । कोषाध्यक्षमा धिरज खड्का र मोहनबहादुर कार्कीको उमेद्वारी परेको छ ।
त्यसैगरी ४ महिला सदस्यका लागि ६ जनाको उमेद्वारी परेको छ । जसमा मिनमाया दनुवार , मिरा गुरुङ्ग , सुजाता तामाङ्ग , मोतिमाया खड्का , ईन्दिराकुमारी पोखरेल र सीता भुजेल रहेका छन् । ३ खुल्ला सदस्य र ३ भुगोल सदस्यमा भने प्रतिष्पर्धा नहुने भएको छ । ३ खुल्लामा महमद ईरशाद हुसेन , जयबहादुर मोते र शंकर श्रेष्ठको मात्रै उमेद्वारी परेको छ भने भूगोल तर्पm वडा नम्बर ३ बाट सञ्जय थापा , ४ बाट चक्रबहादुर श्रेष्ठ र ५ बाट दिलबहादुर अधिकारीको उमेद्वारी परेको छ ।