जन्ताभ्वाईस सम्वाददाता
३ जेठ , बुधबार , २०७९
कटारी/ कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति तेस्रो साना सहरी खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि यहि ६ जेठमा हुने निर्वाचनका लागि वुधबार उमेद्वारी दर्ता भएको छ । समितिको अध्यक्षका लागि ४ जनाले उमेद्वारी दिएका छन् । जसमा घमण्डबहादुर खत्री , दोजराज पौडेल , रोहित लामा र क्षेत्रबहादुर तामाङ्ग रहेका छन् ।
त्यसैगरी महिला उपाध्यक्षका लागि विमला खत्री राउत , सरिता श्रेष्ठ र हिराकुमारी भट्टराईको उमेद्वारी परेको छ । खुल्ला उपाध्यक्षका लागि पुष्पसुन्दर टक्सारी र सुरेन्द्र जयसवालको उमेद्वारी परेको छ । सचिवमा उमापति वास्तोला र दिलबहादुर थापाले उमेद्वारी दर्ता गराएका छन् । कोषाध्यक्षमा धिरज खड्का र मोहनबहादुर कार्कीको उमेद्वारी परेको छ ।
त्यसैगरी ४ महिला सदस्यका लागि ६ जनाको उमेद्वारी परेको छ । जसमा मिनमाया दनुवार , मिरा गुरुङ्ग , सुजाता तामाङ्ग , मोतिमाया खड्का , ईन्दिराकुमारी पोखरेल र सीता भुजेल रहेका छन् । ३ खुल्ला सदस्य र ३ भुगोल सदस्यमा भने प्रतिष्पर्धा नहुने भएको छ । ३ खुल्लामा महमद ईरशाद हुसेन , जयबहादुर मोते र शंकर श्रेष्ठको मात्रै उमेद्वारी परेको छ भने भूगोल तर्पm वडा नम्बर ३ बाट सञ्जय थापा , ४ बाट चक्रबहादुर श्रेष्ठ र ५ बाट दिलबहादुर अधिकारीको उमेद्वारी परेको छ ।
मनोनयन दर्ता अनुसार प्रतिष्पर्धा नहुने भएपछी उनीहरु निर्वाचित भएको भए पनि निर्वाचन मण्डलले प्रकृया अनुसार निर्वाचित घोषणा गर्न बाँकी छ । निर्वाचन मण्डलका संयोजक मोहन बरालका अनुसार बुधबार उमेद्वारको नाम प्रकाशन गर्ने र विहिबार विहान उमेद्वार माथि दावी विरोधको समय दिईनेछ । यस अघि निर्वाचन मण्डलले १ हजार ६ सय ८० जना मतदाताको नामावली प्रकाशन गरिसकेको छ ।


जनता भ्वाइस 







