images
images

कटारी १ मा १ महिने झोला बनाउने तालिम सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
३१ वैशाख , आईतबार , २०८०
कटारी/ कटारी नगरपालिका वडा नम्बर १ मा १ महिने झोला बनाउने सम्वन्धि पुर्नताजगी तालिम सम्पन्न भएको छ । नगरपालिकाको मेडपा शाखाद्वारा आयोजना गरिएको तालिममा १७ जना महिलाहरुको सहभागीता रहेको थियो ।
तालिमको समापनमा नगरपालिकाका उपमेयर गीता खड्काले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो । प्रमाण पत्र वितरण गर्दै उपमेयर खड्काले तालिमलाई व्यवहारमा लागु गरी सीपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी वडाध्यक्ष सुनिल मगरले महिलाहरुलाई यस तालिमले स्वरोजगार बनाउन सहयोग पुराउने बताउनुभयो । वडाका महिलाहरुलाई सीप सिकाई स्वरोजगार बनाउन वडाले पहल गरिरहने पनि वडाध्यक्ष मगरले बताउनुभयो ।