images
images

कटारीमा हाट बजार व्यवस्थापन समिति गठन

जन्ताभ्वाईस सम्वाददाता
वैशाख ३० , शनिबार , २०८०
कटारी / कटारीमा कटारी हाट बजार व्यवस्थापन समिति गठन भएको छ ।मोहन कार्कीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिले कटारी बजारका सडक आसपास रहेका विभिन्न कृषिजन्य पसलहरुलाई कटारी ४ को कृषि उपज केन्द्रमा व्यवस्थापन गर्नेछ ।
साथै केन्द्रमा रहेका मासु पसलहरुको व्यवस्थापन तथा पशुविक्री हुने सडक क्षेत्रलाई उपज केन्द्रमा व्यवस्थापन गर्ने अध्यक्ष कार्कीले बताउनुभयो । सडक छेउमा व्यापार गर्दा दुर्घटनाको जोखिम वढ्ने तथा बजार अस्तव्यस्त देखिने भएकाले वजार व्यवस्थापन समिति गठन गरिएको पनि कार्कीले बताउनुभयो ।
वर्षौ अघि देखि निर्माण भएपनि प्रयोगविहिन केन्द्रमा हाटबजार व्यवस्थापन गर्ने तयारी गरिएको पनि समितिले जनाएको छ । पहिलो चरणमा आग्रह गर्ने र विस्तारै नगरपालिका मातहतको समितिले वजार व्यवस्थापन गर्दै लैजाने भएको छ ।