images
images

कटारी ४ बाट विभिन्न जातको अवैध काठ बरामद

जन्ताभ्वाईस सम्वाददाता
२९ वैशाख , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ४ बाट प्रहरीले अवैध काठ बरामद गरेको छ । विहिबार राति ईलाका प्रहरी कार्यालय कटारीले अवैध काठ लुकाईएको शंका लागी चेकजाँच गर्दा विभिन्न जातका ५ सय १४ थान काठ बरामद गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार कटारी , ४ स्थित सौर्य सिमेन्टको चुनढुंगा संकलन गरिएको क्षेत्र नजिकै निर्माणाधिन भिलेज रिसोर्ट आसपासबाट काठ बरामद गरिएको हो । प्रहरीले बरामद गरेको काठ डिभिजन बन कार्यालय कटारी(त्रिवेणी)लाई आवश्यक अनुसन्धानका लागि बुझाएको छ ।
डिभिजन बन कार्यालयका अनुसार बरामद भएका काठ जम्मा २सय १२ दशमलव ५ क्युफिट रहेको छ । बरामद भएका चिरान काठहरुमा खोटेसल्ला जातको १ सय ९१ थान , कर्मा जातको ८६ थान र साज जातको २ सय ३७ थान गरी ५ सय १४ थान रहेको छ ।
काठ बरामद भएपछी थप अनुसन्धान सुरु गरिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध कुमार साहले पहिलो चरणमा कानुन बमोजिम ७ दिने हकदावीको सुचना जारी गर्ने बताउनुभयो । सुचनामा कसैले प्रमाण सहित काठको दावी गर्न नआए थप अनुसन्धान अघि बढाउने पनि साहले बताउनुभयो ।
कटारी , ४ मा रहेको सौर्य सिमेन्टको चुनढुंगा संकलन केन्द्रसँगै निर्माण भईरहेको भिलेज रिसोर्ट परिसर आसपासमा लुकाई राखेको अवस्थामा अवैध काठ प्रहरीले बरामद गरेको हो ।