images
images

संसदमा अम्बरबहादुर रायमाझी ः कटारी अस्पत्ताललाई ५० बेड बनाउन माग

जन्ताभ्वाईस सम्वाददाता
२५ वैशाख , सोमबार , २०८०
कटारी / उदयपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले कटारी अस्पत्तालाई ५० बेडको बनाउन सरकारलाई माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभामा वोल्दै संसद रायमाझीले स्वास्थ्य सेवा पाउनु नेपालको संविधानमा उल्लेख भएको भएपनि जनताहरुले अभैm पनि सेवा पाउन नसकेको बताउनुभयो ।
जिल्लाको कटारी नगरपालिकामा रहेको कटारी अस्पत्ताल नमुना अस्पत्ताल बनाउनु पर्ने भन्दै यसलाई ५० बेडको बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । त्यसैगरी फार्मेसी लगायतका आवश्यक अवस्थामा सुधार ल्याउनुपर्ने पनि संसद रायमाझीको भनाई थियो । त्यसैगरी मदनभण्डारी राजमार्ग देशकै गौरव राजमार्गले लगत कट्टा नगर्दा जिल्लाका स्थानीयले सडकमा परेको जग्गाको पनि कर तिरिरहनु पर्ने बाध्यता भएको बताउनुभयो ।