जन्ताभ्वाईस सम्वाददाता
२४ वैशाख , आईतबार , २०८०
कटारी / सगरमाथा हस्पिटल प्रालि कटारीले पाठेघरको शल्यकृया सुरुवात गरेको छ । वरिष्ठ स्त्री रोग तथा प्रसुति रोग विशेषज्ञ डाक्टर स्वाती साह लगायतको चिकित्सकहरुको टोलीले हस्पिटलमा पाठेघरको शल्यकृया गरेका हुन् ।
पहिलो पटक हस्पिटलमा सिन्धुलीको दुधौली वडा नम्बर १४ का दिलमाया श्रेष्ठको सफल शल्यकृया गरिएको हो । हस्पिटलका प्रमुख डाक्टर दिपे्श परसैलाले हस्पिटलले पाठेघरको सफल शल्यकृया गरेको बताउँदै काठमाडौं लगायतका ठूला हस्पिटलमा जानुपर्ने र धेरै खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै शल्यकृया सुरुवात गरेको बताउनुभयो ।
पहिलो पटक शल्यकृया गराउनुभएका श्रेष्ठले आफुले काठमाडौं गएपनि खर्च धेरै लाग्नेभएपछी शल्यकृया नगरी फर्किएको र कटारीमा कम खर्चमै शल्यकृया गरिदिएको बताउनुभयो । “काठमाडौंमा पनि गएँ अप्रेसन गर्न धेरै खर्च लाग्ने भएपछी फर्किएको थिँए ।”उहाँले भन्नुभयो ।“कटारीमै अप्रेसन हुने भन्ने सुनेपछी यहाँ आएको थिँए ।”
अस्पत्तालका प्रमुख डाक्टर परसैलाले हस्पिटलमा पाठेघरका साथै पित्तथैली , एपेण्डिक्स , हर्निया , पायल्स ,शल्यकृयाबाट प्रसुति ,लगायतका साना ठूला शल्यकृया सफल रुपमा गरिरहेको बताउनुभयो । कटारीमै शल्यकृया गरिने भएपछी अन्यत्र जाने बाध्यताको अन्त्य हुने भएकाले विशेषज्ञ डाक्टरहरुबाट शल्यकृया गर्न सुरु गरेको पनि हस्पिटलका प्रमुख परसैलाले बताउनुभयो ।


जनता भ्वाइस 







