images
images

२५६७औं जयन्ती कटारीमा पनि मनाईयो

जन्ताभ्वाईस सम्वाददाता
२२ वैशाख, शुक्रबार , २०८०
कटारी/ शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती शुक्रबार भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना गरी कटारीमा पनि मनाईएको छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
कटारीमा तामाङ्ग समुदायले श्री साँङ्गे छोयलिङ्ग बौद्ध गुम्बा कटारी ३ मा शुभकामना आदान प्रदान तथा विभिन्न कार्यक्रम गरी मनाएका थिए । त्यसैगरी मगर समुदायले नेपाल मगर संघ कटारीको आयोजनामा कटारी , ३ मै सामुहिक रुपमा शुभकामना आदान प्रदान तथा पुजा आराधना गरी बुद्ध जयन्ती मनाएका हुन् ।