जन्ताभ्वाईस सम्वाददाता
२१ वैशाख , बिहिबार , २०८०
गाईघाट / उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा भएको अनियमिताको बिरुद्धमा कांग्रेस, माओबादी केन्द्र, जसपा, राप्रपा लगायतका दल आन्दोलित बनेका छन। उनिहरुले बिभिन्न किसिमको माग राख्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्दै बिहीवार नगरको बेल्टार बजारमा ¥याली निकालेका हुन ।
उनिहरुले पत्रकार सम्मेलन गर्ने भनेर पत्रकारहरुलाई बोलाएको भएपनी पत्रकार सम्मेलन भने गरेनन । उनिहरुले नगरले गरेका काम प्रती असन्तुष्टी जनाउदै कोण सभा र ¥याली गरेका थिए । कांग्रेस लगायतका दलहरुले नगरले गरेको नदीजन्य पदार्थ उत्खनको प्रकृया गलत भएको, करार कर्मचारी छनोट प्रकृया गलत भएको, कृषि क्षेत्रमा काम गर्न हेफर संस्थासँग सहकार्य गरेको प्रती असहमती जनाउदै आन्दोलन गरेका थिए ।
उनिहरुले नगरका कर्मचारीले कर्मचारी छनोटमा लेनदेनको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै आन्दोलन गरेका हुन।कांग्रेस लगायतका दलले केहीदिन पहिला नगर प्रमुख कालुमान लामालाई ज्ञापन प्रत्र बुझाएर ध्यानाकर्षण समेत गराएका थिए । केन्द्रिय सत्ता गठबन्धन दलहरु एक भएर आन्दोलन सुरु गरेका हुन।
उनिहरुले बिहीवार नगरको बेल्टार बजारमा ¥याली सहित कोण सभाको आयोजना गरे पछी नगर प्रमुख कालुमान लामाले आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ । वहाँले कांग्रेस लगायतका दलले गरेको आन्दोलनको कुनै तुक नभएको दावी गर्नु भयो ।
मेयर लामाले यो आन्दोलन केवल कानुनी राज्यको धज्जी उडाउने काम मात्र भएको आरोप समेत लगाउनु भयो । चौदण्डीगढी नगरपालिकामा आन्दोलित दलहरुले भने शुक्रबार बेल्टार बजार बन्द, आईतवार र सोमबार नगर भित्रका संघ संस्था तथा कार्यालय बन्दको घोषणा गरेका छन।


जनता भ्वाइस 







