जन्ताभ्वाईस सम्वाददाता
२१ वैशाख , बिहिबार , २०८०
कटारी / कटारी नगरपालिकाले बजेट तथा योजना तर्जुमा सम्बन्धि कार्यतालिका सार्वजनिक गरेको छ । वैशाख ८ गतेको कार्यापालिका वैठकको निर्णय अनुसार नगरपालिकाले कार्यतालिका सार्वजनिक गरेको हो । तालिका अनुसार वैशाख २५ सम्ममा श्रोत अनुमान तथा कुल बजेट निर्धारण गरिनेछ ।
त्यसैगरी वैशाख मसान्तसम्ममा वडास्तरबाट आयोजना छनौट गरिनेछ । जेठ १० सम्ममा वडा स्तरीय योजनाको प्राथमिकिकरण गरिनेछ भने जेठमसान्तसम्ममा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना अनुसार असार पहिलो हप्ता भित्र कार्यपालिकाबाट स्विकृत गरी असार १० गते भित्रमा वार्षिक नीति , बजेट , तथा योजना सभामा पेश गरी स्विकृति गरिने कार्यतालिका सार्वजनिक गरिएको हो ।


जनता भ्वाइस 







