images
images

कटारी नगरपालिकाको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर हुने

जन्ताभ्वाईस सम्वाददाता
१९ वैशाख , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिकाले आगामी वैशाख २६ र २७ गते वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । काठमाडौं मेडिकल कलेज काठमाडौं र नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा नगरपालिकाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो ।
शिविरमा मुटु , नशा , जनरल मेडिसिन , प्रसुती तथा स्त्री , हाडजोर्नी , नाक , कान , घाँटी रोगको निशुल्क उपचार सेवा दिईने भएको छ । त्यसैगरी छाला तथा यौन , शल्यकृया , आँखा , वाल , दन्त , ईको , भिडियो एक्सरे र ल्यावको सेवा शिविरमा दिईनेछ ।
कटारी अस्पत्तालमा आयोजना हुने शिविरबाट थप उपचारका लागि जान परेमा काठमाडौं मेडिकल कलेजमा जानुपरे औषधि भन्दा बाहेक पूर्ण छुट , नोबेलमा लानुपरे औषधि बाहेक ५० प्रतिशत छुटमा उपचारको व्यवस्था मिलाईने नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
शिविरमा सवै पालिका तथा जिल्लाका सवै विरामीहरुको निशुल्क जाँच गरिनेछ । शिविरमा आई स्वास्थ्य लाभ लिन पनि नगरपालिकाले सवैसँग आग्रह गरेको छ ।