जन्ताभ्वाईस सम्वाददाता
१९ वैशाख , मंगलबार , २०८०
कटारी / जीवन विकास लघुवित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी , वित्तीय साक्षरता एवम् पुरस्कार वितरण कार्यक्रम आज कटारीमा सम्पन्न भएको छ । होटल मजेस्टीको हलमा संस्थाको कटारी शाखाको आयोजनामा कार्यक्रम सन्पन्न भएको हो ।
संस्थाका मानव संशाधन विभाग प्रमुख सुदीप कुमार मण्डलको सभापतित्व र कटारी नगरपालिकाकी उपेमयर गीता खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि उपमेयर खड्काले सामाजिक क्षेत्रको रुपान्तरण गर्ने जिम्मा महिलाको रहेको बताउनुभयो । “पुरुषहरु वैदेशिक रोजगारीका लागि विदेशमा छन् समाज चलाउने महिलाले हो त्यसैले महिलाहरु क्षमतावान बन्नुपर्छ ।”उपमेयर खड्काले भन्नुभयो ।“घरपरिवार समाज टोल सवै महिलाले शिक्षित बनाउन पर्छ त्यसका लागि महिला अघि बढ्नुपर्छ ।”
लघुवीत्तले लगानी गरेको ऋणलाई सदुपयोग गर्नु पर्ने भन्दै दुरुपयोग गर्दा धेरेको सम्बन्ध विच्छेद हुने अवस्थामा आईपुगेको उपमेयर खड्को भनाई थियो । “सम्बन्ध विच्छेदको अवस्था धेरैमा आएको छ यो भनेको एउटा कुराका लागि ऋण लियो अर्को कुरा गर्यो आम्दानी छैन् त्यसलाई तिर्न फेरी ऋण लियो जसले घरपरिवारमा कलह बढेको छ ।”कार्यक्रममा वोल्दै कटारी ३ का वडाध्यक्ष पुष्कर खड्काले वित्तीय संस्थालाई हेर्ने नजर फरक वन्दै गएकाले आक्षेपहरु चिरफार गरेर काम गर्न सुझाव दिनुभयो ।
त्यस्तै वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाङ्गले अहिलेको अवस्थामा जीवन विकासले सराहानिय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । वडा नम्बर ६ का वडाध्यक्ष प्रेम मगरले संस्थाले विभिन्न चुनौतीका वीच सेवा दिईरहेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै संस्थाका मानव संशाधन विभाग प्रमुख सुदीप कुमार मण्डलले लघुवीत्तले महिला शसक्तिकरणमा जोड दिएको बताउनुभयो । “सुरुमा नमस्ते गरेर वोल्न डराउने महिलाहरु अहिले नेतृत्व गर्न सक्ने भएका छन् । ”मण्डलले भन्नुभयो । “कतिपय महिला सदस्यहरु त जनप्रतिनिधि नै भईसके ।”
म्ण्डलले रेमीट्यान्सलाई फजुल खर्च नगर्न आग्रह गर्दै फजुल खर्चले समाजमा समस्या आउँदै गएको बताउनुभयो । बचत गर्ने वानीको विकास गर्नुपर्ने मण्डलको भनाई थियो । कार्यक्रमा संस्थाका कोशी प्रदेश प्रमुख सावित्रीदेवी श्रेष्ठले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
७ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
संस्थाले कार्यक्रमको अवसरमा संस्थामा आवद्ध कटारीका विपन्न परिवारका वालवालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । अमित मल्लिक , अभिशेक मल्लिक , लक्ष्मी सदा , सुस्मिता सदा , पुजा वस्नेत , पुस्पा वस्नेत र उपेन्द्र कार्कीलाई अभिभावकहरु सहित विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो । उनीहरुलाई एकवर्ष सम्म शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्ने सस्थाले जनाएका छ । संस्थाले यस अघि गरेका सामाजिक कार्यहरु र आगामी कार्यहरुको विषयहरुमा पनि जानकारी गराएको थियो ।


जनता भ्वाइस 








