नवलजंग खड्का
१६ वैशाख , शनिबार , २०८०
कटारी (भोर्ले) / शलेस युवा समूह कटारी ५ ले आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । भिन्न क्षमता भएका र जेष्ठ नागरिक सम्मान सहित समूहले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरबाट १ सय १८ जनाले सेवा लिएको समूहका अध्यक्ष देवन थापाले बताउनुभयो । कटारी आँखा अस्पत्ताल , जनता साझा पोलिक्लिनिक ,फिजियोथेरापी एण्ड रिह्यावीटेसन सेन्टर , लुपिला हेल्थ , स्प्रीङ्ग ईन्टिच्युट , र आरुष सप्लायर्षका सहयोगमा शिविरको आयोजना गरिएको हो ।
विभिन्न व्यक्तिहरुको समेत सहयोगमा सम्पन्न शिविरमा निशुल्क आँखा , सुगर , रक्तचाप , तथा फिजियोथेरापी सेवा दिईएको थियो । निशुल्क स्वास्थ्य जाँच गर्न पाएपछी सेवा लिएकाहरु खुसी भएका थिए ।


जनता भ्वाइस 







