images
images

मंगल परोपकार आधारभूत विद्यालय बलियाका विद्यार्थीहरुलाई निशुल्क पोशाक तथा पाठ्यपुस्तक वितरण

जन्ताभ्वाईस सम्वाददाता
१६ वैशाख , शनिबार , २०८०
कटारी / मंगल परोपकार आधारभूत विद्यालय कटारी , ३ बलियाका विद्यार्थीहरुलाई आज निशुल्क पाठ्यपुस्तक तथा पोशाक वितरण गरिएको छ । श्री मुक्तीनाथ सामुदायिक टोल विकास संस्था ईटहरीको फडिन्द्र पौडेल स्मृती अक्षयकोषबाट संञ्चालित वालवालिकाहरुलाई निशुल्क पोशाक तथा पाठ्यपुस्तक वितरण गरिएको हो ।
वालवालिकाहरुलाई पोशाक तथा पाठ्यपुस्तक वितरण गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले विद्यालयलाई तत्कालै नगरपालिकाबाट संञ्चालन अनुमति दिने बताउनुभयो । आवश्यक प्रकृयाका बारेमा छलफल गरी विद्यालयलाई सम्बन्धन दिने मेयर श्रेष्ठको भनाई थियो ।
त्यसैगरी वडाध्यक्ष पुष्कर खड्काले यस विद्यालयलाई संञ्चालन अनुमति दिन आवश्यक रहेकाले दिनका लागि नगरले पहल गर्नुपर्ने बताउनुभयो । हाल कक्षा १ सम्म संञ्चालित विद्यालयमा अधिकाँस विपन्न , दलित तथा जनजाति गरी ५४ विद्यार्थीहरुले निशुल्क अध्ययन  गर्दै आएको प्रधानाध्यापक ओमप्रसाद ढुंगेलले बताउनुभयो ।
४ वर्ष अघि श्री कृष्ण प्रणामी मन्दीर वलियाको सहकार्यमा वृद्धाश्रमसँगै वालवालिकाहरुलाई निशुल्क अध्ययनका लागि विद्यालयको स्थापना गरिएको मन्दीर व्यवस्थापनका सीता खत्रीले बताउनुभयो । कार्यक्रममा वोल्दै स्थानीय अगुवाहरु वैजनाथ दनुवार , मोहन खड्का लगायतका अतिथिहरुले विद्यालयलाई नगरपालिकाले हालसम्म संञ्चालन अनुमति नदिएकाले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा वोल्दै शिक्षा समितिका वसन्त तिमल्सिनाले पनि आवश्यक प्रकृया पुरा गरेर विद्यालयबाट विद्यार्थी उत्पादन गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभएको थियो । हालसम्म विद्यालयको सवै खर्च संस्थाले गर्र्दै आएको छ । विद्यालयमा कटारी २ र ३ का विपन्न परिवारका वालवालिकाहरुले निशुल्क अध्ययन गर्ने अवसर पाएका छन् ।