images
images

विद्यार्थी बढेपछी त्रिवेणी माविमा भर्ना हुन प्रवेश परीक्षा

प्रवेश परीक्षा दिलाउन वालवालिकाहरु लिएर आएका अभिभावकहरु । तस्बिर /ऋषि

जन्ताभ्वाईस सम्वाददाता
१६ वैशाख , शनिबार , २०८०
कटारी/ कटारी नगरपालिका वडा नम्बर ४ स्थित श्री त्रिवेणी माविमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढेको छ । अभिभावकहरुको रोजाई र विद्यार्थीहरुको आकर्षणका कारण विद्यालयले विद्यार्थी थेग्नै नसक्ने अवस्थामा पुगेको छ ।
वर्षेनी विद्यालयले प्रवेश परीक्षाबाट विद्यार्थीहरुलाई लिने गरेको छ । यस वर्षका लागि शनिबार विद्यालयले प्रवेश परीक्षा तोकेको थियो ।प्रवेश परीक्षामा मागभन्दा तीनगुणा बढी अभिभावकहरु आप्mना वालवालिकाहरुलाई लिएर विद्यालय आईपुगेका थिए ।
यस वर्ष विद्यालयले विद्यार्थीको भीड थेग्न नसक्नेभएपछी विद्यालयका हाल अध्ययनरत भन्दा अन्य विद्यार्थी भर्नाका लागि कोटा राखेको थियो । “कक्षा ६ का लागि २० जनाको कोटामा ६३ जनाले प्रवेश परीक्षा दिए ।”विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले भन्नुभयो “सरदर माग गरिएको भन्दा तीनगुणा बढी विद्यार्थीहरु भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएका छन् ।”
नमुना विद्यालय रहेको त्रिवेणी माविमा हाल दुई हजार विद्यार्थीहरु छन् । विद्यालयले विद्यार्थीहरुको चाप थेग्न नसक्नेभएपछी प्रवेश परीक्षा लिने गरेको हो । “हामीले अन्य विद्यालयबाट प्रमाण पत्र ननिकाली प्रतिष्पर्धा गर्ने अवसर दिएका छौं ।”प्रअ कार्कीले बताउनुभयो । “यहाँ नाम ननिकाले पनि उनीहरु आफुले पढेकै विद्यालयमा पढुन भन्ने हो नत्र सरकारीले भर्ना नलिए कहाँ जाउँ भन्ने पनि हुन्छ ।”
नीजि छाडेर सामुदायिकमा
वर्षेनी यस विद्यालयमा नीजि छाडेर भर्ना हुन आउनेको संख्या बढ्दो छ । नीजिमा भन्दा पनि राम्रो र गुणस्तरीय पठन पाठन हुने भएपछी अभिभावकहरुले धमाधम नीजिबाट निकालेर आप्mना वालवालिकाहरुलाई विद्यालयको प्रवेश परीक्षामा सहभागी गराएका छन् ।“बोर्डिङ्ग भन्दा राम्रो पढाई हुने भएकाले निकालेर यहाँ छोरीलाई प्रवेश परीक्षामा सहभागी गराएको छु ।”प्रवेश परीक्षास्थलमा भेटिएका अभिभावक सविन खानले भन्नुभयो ।“सरकारी विद्यालय भएपनि यतिको प्रतिपष्र्धा गराएर भर्ना हुन पाए राम्रो कुरा हो ।”
प्रअ कार्कीले यसवर्ष मात्रै २५ जना भन्दा वढी मुस्लिम समुदायको वालवालिकाहरु नीजिबाट भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएको बताउनुभयो । अंग्रेजी र नेपाली दुवै माध्यमका साथै प्राविधिक धारमा समेत पढाई हुने यस विद्यालयलाई थप गुणस्तरीय शिक्षामा जोड दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले बताउनुभयो ।
शैक्षिक गुणस्तर वृद्धि भएपछी स्वत विद्यार्थीहरु आउने भएकाले विज्ञापन नै नगरी विद्यार्थीहरु व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको शिक्षकहरु बताउँछन् ।सरकाले नमुना विद्यालयको रुपमा घोषणा गरेको यस विद्यालयलाई कटारी नगरपालिकाले समेत नमुना बनाउन विभिन्न प्रभावकारी कार्यहरु संञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो ।