जन्ताभ्वाईस सम्वाददाता
१४ वैशाख , बिहिबार , २०८०
कटारी / कटारी नगरपालिकाबाटै व्यक्तिगत श्रम तथा पुन श्रम स्वीकृति लिन आवेदन दिन सुरु गरिएको छ । वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्था अनुसार कटारी नगरपालिकाको रोजगार शाखाबाट श्रम स्विकृतिको आवेदन भर्न सुरु भएको रोजगार शाखाका संयोजक विनोद धमालले बताउनुभयो ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित , सुरक्षित , मर्यादित भरपर्दो पारदर्शी तथा सहज बनाउनका लागि गएको वैशाख १ गतेदेखि स्थानीय तहको प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार शाखाबाट श्रम स्विकृतिको फाराम भर्न थालिएको हो । गएको चैत्र २६ गतेको नेपाल सरकारको प्रधानमन्त्री तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री स्तरीय निर्णय अनुसार कटारी नगरपालिकाबाट पनि श्रम स्विकृतिको फाराम भर्न सुरु गरिएको हो ।
श्रम स्विकृतिको आवेदन फाराम भर्न आउँदा अनिवार्य आप्mनो पासपोर्ट लिएर आपैm आउनु पर्ने कटारी नगरपालिकाका रोजगार संयोजक विनोद कुमार धमालले जानकारी दिनुभयो ।“शाखाबाट पाँच छ जना सेवाग्राहीहरुले सेवा लिईसके ।”संयोजक धमालले भन्नुभयो –“सेवाग्राहीहलाई विचौलियाबाट बचाउँदै सरकारको निर्णय अनुसार फाराम भर्न सुरु गरेका हौं ।” अहिलेलाई वैदेशिक रोजगारीबाट आएका र पुन रोजगारीमा जान लागेकाहरुलाई श्रम स्विकृतिको लागि आवेदन फाराम लिन थालिएको पनि धमालले बताउनुभयो ।
स्थानीय तहबाटै फाराम भर्न सकिनेभएपछी अन्यत्र विचौलियाहरुको माध्यमबाट अतिरिक्त रकम दिएर फाराम भर्नुपर्ने वाध्यता हटेको छ । आवश्यक कागजात सहित नगरपालिकाबाट फाराम भरेपछी नगरभित्रका वैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक राख्न पनि सहज हुने भएको छ । यसले धेरै सेवाग्राहीहरुलाई सहज सेवा र आर्थिक रुपमा पनि सहुलियत हुने भएको छ । हाल नगरपालिकाबाट फाराम भर्दा कुनै पनि अतिरिक्त रकम नलाग्ने भएको हो ।


जनता भ्वाइस 







