आन्तरिक आम्दानी कमहुँदा नगरपालिकाको आम्दानी नै घट्दो छ । प्रशासनिक सुधारकावीच बेरुजु घट्दै गएपनि आन्तरिक आम्दानीका कारण माथिल्लो निकायबाट आउने बजेट बढ्ने सम्भावना छैन् ,यसको खास समस्या के हो ? कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीसँग जन्ताभ्वाईसका लागि ऋषि राईले गरेको कुराकानि –
आन्तरिक स्रोतका दृष्टिले कटारी नगरपालिका कतिको बलियो छ ?
कटारी नगरपालिका आन्तरिक स्रोतका हिसावले उदयपुरकै सवैभन्दा बढी सम्भावना बोकेको बलियो नगरपालिका हो । यसलाई मदन भण्डारी राजमार्ग , सिद्धिचरण राजमार्ग लगायतका राजमार्गले छोएको छ , बजार छ बजार बढ्ने सम्भावना छ , महाभारत , चुरे छ , हामीसँग पहाड , तराई दुवै छ । खानी छ चुरे छ , ढुंगा ,गिट्टी वालुवा अत्यधिक छ तर सम्भावना बोकेको भएपनि हामीले प्रक्षेपण गरेको आन्तरिक आम्दानी पचास प्रतिशत पनि उठाउन सकेका छैनौं ।
आन्तरिक आम्दानी भन्नु वित्तिकै कर भन्ने बुझिन्छ , कर भन्ने वित्तिकै लुटेको भन्ने वुझाई छ ,दर्ता नभई कारोबार देखाउने , बढी कारोबार गर्ने कम देखाउने , विज्ञापन कर , पार्किङ्ग कर , मनोरञ्जन थुप्रै कर उठाउन सकिएको छैन् ।फोहोर मैला कर , घरबहाल कर , नक्सा पास , बन , ढुंगा खानीको करलाई सवै ल्याउन सकेका छैनौ ।
नगरपालिकाको क्षमता र कम प्राथमिकता दिएको छ यहाँका जनप्रतिनिधि , नीजि क्षेत्र तथा सवैले करलाई प्राथमिकतामा नराख्दा स्रोत जम्मा हुन सकेको छैन् । कर नै कम भएपछी माथिबाट बजेट कम आउँछ यहाँ कर उठाएर आन्तरिक आम्दानी बलियो बनाउनु पर्छ भन्ने कुरा बुझाउन कोही पनि लागेका छैनन् ।
करको बारेमा बुझाउन कसले भूमिका खेल्नु पर्छ ?
यसका लागि करदाता शिक्षा , कर कानुन , कर नीति बनाउनु पर्छ । कर अभियान , व्यवसाय दर्ता अभियान चलाउने , अन्र्तकृया गर्ने , नीजि क्षेत्रसँग अन्र्तकृया गरे कर तिर्नुपर्छ भन्ने बनाउनु पर्छ । यहाँ यस्तो अवस्था छ की हामीले पार्किङ्ग शुल्क समेत उठाउन सकेनौ । वसपार्कमा लगानी गरेका छौं तर त्यहाँबाट पनि कर उठाउन सकेनौं । यसवीचमा धेरै कर गुमेको छ ।सामान्य कर उठाउन सके दश करोड कर उठाउन सक्छौं ।
खानीले कर तिर्छ कि तिर्दैन ?
यसलाई पनि हामीले व्यवस्थित गर्न सकिरहेका छैनौं । उहाँहरुसँग पनि दुई पक्षिय सम्झौता बमोजिम कर उठाउन सकेका छैनौं । उहाँहरुको दर्ता माथिल्लो निकायमा हुन्छ तरपनि यस वाटो प्रयोग गर्दा पनि उहाँहरुले केहि न केहि दिनुपर्छ यसका लागि कर्मचारी भन्दा पनि जनप्रतिनिधिहरुले धेरै पहल तथा चासो राख्न सके धेरै आम्दानी लिन सक्छौं ।
यस पटक महालेखाको प्रतिवेदन अनुसार कटारी नगरपालिकाको बेरुजु घट्यो ? कसरी घटाउन सफल भईने रहेछ ?
यसका लागि सवैभन्दा पहिला त प्रशासनिक कार्यहरु प्रकृयामूखी बनाउनु पर्छ । आवश्यक कागजात सुरुदेखि अन्त्यसम्म पुराउनुपर्छ । सवै कुराको निर्णय गरेर काम गर्नुपर्छ । बेरुजु असुल उपर गर्ने गरेका छौं । सामान्य त्रुटीले पनि बेरुजु देखिएको छ । यसलाई राम्रोसँग प्रकृया पुराउनु पर्छ ।
दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईको सर्वेक्षण अनुसार कटारी नगरपालिकाका कर्मचारीसँग अभैm पनि सेवाग्राही सन्तुष्ट नभएको तथ्यांक छ किन होला ?
सर्वेक्षण सवै कर्मचारी केन्द्रीत थियो , हामीले अभैm पनि राम्रो गर्न सकिरहेका छैनौ हाम्रो सेवा अभैm पनि सेवाग्राही मैत्री बनाउन सकेका छैनौं । सोचे अनुसार काम गर्न सकेका छैनौं , कर्मचारीलाई कतिपय जानकारी छैन् । व्यवहार सेवाग्राही मैत्री हुनुपर्छ भन्ने चेत नै छैन् । त्यससँगै प्रकृयागत जानकारी नहुँदा सेवाग्राहीहरुलाई भनेजस्तो सजिलो नभएर पनि त्यस्तो भएको हो । आवश्यक सवै कागजात ल्याउन नसक्दा सेवाग्राहीहरुको काम ढिलाई भएको हुन सक्छ ।
कटारी नगरपालिकाका प्राविधिकले हरेक काममा अतिरिक्त पैसा माग्छन भन्ने गुनासो धेरै छ , त्यो कम भयो की त्यस्तै छ ?अतिरिक्त पैसा दिनु पर्छ ?
प्राविधिकहरुलाई अतिरिक्त पैसा दिनुपर्दैन , यो अत्यधिक आएको गुनासो हो यस विषयमा मैले कार्यपालिका वैठकमै रोकेर पनि कुरा गरेको छु । सम्बन्धित प्राविधिक र उपभोक्ता समितिलाई राखेर कुरा गरें अन्त्यमा होईन जस्तो कुरो गरे । आरोप आए र प्रमाण भेटिए करार भंग हुन्छ । जोकोहीसँग पनि प्रमाण भए करार भंग गरिन्छ । दुईवटा आरोप आए तर प्रमाणित भएनन् । कर्मचारीले वल्ल जागिर खाएको हुन्छ , दशवीस हजारमा जागिर फाल्दैनन् जस्तो लाग्छ , तर पनि यस्तो देखिए कार्वाही हुन्छ । यो गुनासो अहिले कम हुँदै गएको छ ।


जनता भ्वाइस 








