जन्ताभ्वाईस सम्वाददाता
वैशाख ८ , शुक्रबार , २०८०
कटारी/ ‘सबैले व्यक्तिगत घटना दर्ता गरौँ, गराऔँ, २०७९ बैशाख १ देखी ७ गतेसम्म घटना दर्ता सप्ताह मनाऔँ’ भन्ने नाराका साथ कटारीमा पनि घटना दर्ता सप्ताहा मनाईएको छ । सप्ताहाको शुक्रबार एक कार्यक्रमका साथ समापन .गरियो ।
कटारी नगरपालिकाको आयोजनामा सप्ताहाको अन्तिम दिन अन्र्तकृया कार्यक्रम गरिएको नगरपालिकाका पञ्जिकरण शाखाका प्रमुख मेघराज राईले बताउनुभयो । राईका अनुसार नगरपालिकाका उपप्रमुख गिता खड्का , प्रमुख प्रशासकीय अधिकृत अनिल किराती तथा वडाध्यक्षहरुको सहभागीतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वोल्दै उपप्रमुख खड्काले सप्ताहामा घटना दर्तामा छुट दिन सके सप्ताहा प्रभावकारी हुने बताउनुभयो । सहभागीहरुले समेत सप्ताहामा केन्द्र सरकार वा स्थानीय सरकारले पनि छुट दिन सकेमात्रै सप्ताहा प्रभावकारी हुने बताउनुभयो ।
यस पटकको सप्ताहामा कटारीको पञ्जिकरण शाखाका अनुसार शुल्क सहित ९८ जना र निशुल्क ३५ दिन भित्र पर्नेमा ५ जनाले घटना दर्ता गराएका थिए ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । सप्ताहा अन्र्तगत कटारी नगरपालिकाले सवै वडामा जनचेतना पैmलाएको तथा जानकारी गराएको पनि नगरपालिकाले जनाएको छ ।


जनता भ्वाइस 







