images
images

कटारीमा वन्यजन्तु सप्ताहा २०८० मनाईयो

जन्ताभ्वाईस सम्वाददाता
वैशाख ८ , शुक्रबार , २०८०
कटारी / कटारीमा २८ औ बन्यजन्तु सप्ताह २०८० विभिन्न कार्यक्रम गरी मनाईएको छ । बन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य, सहअस्तित्व भन्ने नारा सहित बैशाख १ गते देखि कार्यक्रम सुरु गरिएको थियो ।
प्राकृतिक श्रोत व्यवस्थापन कलेज कटारी र डिभिजन बन कार्यालय कटारीको संयुतm सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । वन्यजन्तु तथा वनस्पतिको संरक्षणसँगै अवैध व्यापारलाई निरुत्साहित पार्ने उद्येश्य सहित गरिएको अभियानको विहिबार समापन गरियो । समापन कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्र साहको प्रमुख आतिथ्यता तथा कटारी नगर उपप्रमुख गिता खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै उपमेयर गिता खड्काले वन्यजन्तु संरक्षणको लागि पहिला बन संरक्षण हुनु पर्ने बताउँदै कटारीमा डढेलोको समस्या विकराल बन्दै गएको बताउनु भयो ।
डढेलोका कारण बन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै वन्यजन्तु मर्ने गरेकोले डढेलो लाग्न नदिन सबै सरोकारवाला लागि पर्नु पर्ने बताउनु भयो । अभियान अन्तर्गत बन्यजन्तु संरक्षण सम्बन्धि जनचेतनामुलक सडक नाटक, चित्रकला प्रदशर्नी, अन्तक्रिया ,लगाएतका कार्यक्रम गरिएको प्राकृतिक श्रोत व्यवस्थापन कलेज कटारीले जनाएको छ । प्राकृतिक श्रोत व्यवस्थापन कलेज कटारीले विगत देखि वन तथा वातारणको क्षेत्रमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैै आएको छ ।