जन्ताभ्वाईस सम्वाददाता
२ वैशाख ,शनिबार , २०८०
कटारी/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ नगर कमिटी कटारीको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा समाज रुपान्तरणमा महिलाको भूमिका विषयक अन्र्तकृया सम्पन्न भएको छ । कटारी , ५ सिमसारमा एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेशका सहरी विकास राज्यमन्त्री कला घलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संघका नगर कमिटीका अध्यक्ष सावित्रा वोगटीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि घलेले महिलाको पारिवारिक ,सामाजिक , आर्थिक , राजनीतिक लगायत हरेक क्षेत्रमा समावेशी सहभागिता तथा योगदान हुन सकेमात्र देशले समृद्धि हासिल गर्ने बताउनुभयो । त्यसैगरी कटारी नगरपालिकाकी उपप्रमुख गिता खड्काले महिलाहरुको शिक्षामा पहुँच स्वास्थ्य सुविधा , सूचना , रोजगारीमा पहुँच तथा सम्पत्तिमा महिलाहरुको स्वामित्व हुनुपर्ने वताउनुभयो ।
यसै अनुरुप नगरपालिकाले नीति तथा कार्यक्रम बनाउने पनि उपमेयर खड्काले बताउनुभयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य रेनु पराजुलीले स्थानीय तहले नै महिला हिंसा , शसक्तिरणका एजेण्डा नबोकेसम्म महिलाका मुद्दा व्यवहारमा नआउने भन्दै अनेम संघलाई सामाजिक मुद्दाहरुमा काम गर्न आग्रह गर्नुभयो ।


जनता भ्वाइस 







