images
images

सिर्जनाबाट कहिले नथाकेका सर्जक भीम पौडेल “घाँसे”

कटारीमै रहेर लामो समय निरन्तर साहित्य सिर्जना गर्दै आएका सर्जक हुनुहुन्छ भीम पौडेल “घाँसे”।उमेरले ६२ वर्ष टेकीसक्दा पनि निरन्तर सिर्जना गर्न सक्ने सर्जक “घाँसे”को जन्म २०१८ सालमा तत्कालिन सिरीसे गाविसको टोड्केपानीमा भएको थियो ।
हाल कटारी , ४ का स्थानीय “घाँसे”कक्षा १० सम्मको अध्ययन लालबन्दीमा गर्नुभएको थियो । लालबन्दीमै पढ्दा नेपाली शिक्षकको छन्द कविता सिकाईपछी “घाँसे”ले छन्द कविता लेख्न थाल्नुभयो ।“नेपाली पढाउने सर हुनुहुन्थ्यो , उहाँले छन्द पढाएपछी मैले छन्द कविताको स्वाद थाहा पाएको हुँ ।” “घाँसे”भन्नुहुन्छ ।“साहित्यमा छन्दको आप्mनै महत्व छ ।”
झण्डै दुईदशक अघि “घाँसे”को खण्डकाव्य रविमाला बजारमा आएको थियो । “धेरै समय पाण्डुलिपीमै वस्यो पछी वसेरीका हरिविनोद खतिवडा भन्ने सरको सल्लाहामा छापेको थिएँ ।” “घाँसे”ले भन्नुभयो ।“रवि भन्ने केटा र माला भन्ने केटीको प्रेम कथामा आधारित खण्डकाव्य थियो त्यो ।”
हालको कटारी ८ र तत्कालिन सिरीसे गाविसका स्थानीग “घाँसे”ले सिर्जना गरेको असती उपन्यासको पाण्डुलिपी नै हरायो । अहिले अर्को उपन्यास झड्केलो छोरो प्रकाशनको तयारीमा छ ।“डाक्टर कैलाश राईले पाण्डुलिपी अध्ययन गरिरहनुभएको छ त्यसछी प्रकाशनको लागि तयार हुन्छ ।” “घाँसे”ले भन्नुभयो । “फुटकर कविता धेरै लेखें ,खासमा मलाई शार्दुलविक्रडित छन्द मन पर्छ हुन त सवै छन्द राम्रो लाग्छ ।”
शिखरिणी , वसन्त तिलका , मालिनी छन्दमा पनि उत्तिकै कविता लेख्ने “घाँसे”को रविमाला वियोगान्त खण्डकाव्य थियो । साहित्य सिर्जनमा लाग्दा पून्य कार्कीले धेरै पटक सहयोग सल्लाहा दिएको “घाँसे”बताउनुहुन्छ ।
राजनीतिक रुपमा तत्कालिन माओवादी पार्टीको ईलाकाहरुमा जनसरकार सचिव समेत रहेर भूमिगत काम गरेका सर्जक “घाँसे”ले नजिकबाट जनजीवनलाई नियालेर साहित्य सिर्जना गर्ने गर्नुभएको छ । ६२ वर्ष पुगेपनि साहित्य सिर्जनका जिल्ला आसपासका कार्यक्रममा उत्तिकै सकृय सहभागिता जनाउने “घाँसे” अहिले उदयपुर साहित्य कला संगीत प्रतिष्ठानमा सदस्य समेत रहनुभएको छ । नयाँ सर्जकहरुलाई लेख्नुपर्छ भन्ने हौसला दिन पनि आफु कविता सुनाउन , लेख्न पछी नपर्ने बताउनुहुन्छ “घाँसे” ।
(प्रस्तुती ऋषि राई )