images
images

आज देखि व्यक्तिगत घटना दर्ता सप्ताहा कटारीमा पनि विविध कार्यक्रम गरिन्दै

जन्ताभ्वाईस सम्वाददाता
१ वैशाख ,शुक्रबार , २०८०
कटारी/ ‘सबैले व्यक्तिगत घटना दर्ता गरौँ, गराऔँ, २०७९ बैशाख १ देखी ७ गतेसम्म घटना दर्ता सप्ताह मनाऔँ’ भन्ने नाराका साथ आजदेखि कटारी नगरपालिकाले पनि व्यक्तिगत घटना दर्ता सप्ताहा मनाउँदैछ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने निर्णय गरेसंगै कटारी नगरपालिकामा पनि आजदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सु गरिएको हो ।
अभियानमा जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता तथा व्यक्तीगत घटना आफ्नो वडा कार्यालयमा अनिवार्य दर्ता गराउन कटारी नगरपालिकाले आव्हान गरेको छ ।सप्ताहा अन्र्तगत कटारी नगरपालिकाको १४ वटै वडामा शन्देशमूलक व्यानर राखिएको , संञ्चार माध्यमहरुबाट प्रचार प्रसार गरिएको तथा विद्यालयका विद्यार्थीहरु मार्पmत पनि जानकारी गराईने कटारी नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख मेघराज राईले बताउनुभयो । राईका अनुसार सप्ताहाको अन्तिम दिन कटारी नगरपालिकाका सरोकारवालाहरुसँग वृहत अन्र्तकृया गर्ने कार्यक्रम समेत तयारी भईरहेको छ ।
सप्ताहामा योग्यता पुगेका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागी बिवरण समेत दर्ता गराउन सक्नेछन छ भने दर्ता सप्ताह अभियानमा फरक क्षमता भएका नागरीक, गर्भवती महिला, बृद्धबृद्धा तथा लोपोन्मुख जातिलाई प्राथमिकता दिन सम्वन्धित सबैलाई अनुरोध गरीएको छ । व्यक्तीगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता सम्वन्धि कुनै गुनासो भएमा सो गुनासो समेत दर्ता गर्न पनि सकिनेछ ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।