images
images

आज नयाँ वर्ष २०८० सुरु ,हर्षौल्लासका साथ मनाईदै , कटारीमा न्यु ईएर ईभ सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
१ वैशाख , शुक्रबार , २०८०
कटारी / आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् आजदेखि नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आजको नयाँ वर्षको स्वागतार्थ कटारीमा पनि गएराति विशेष कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षलाई स्वागत र २०७९ साललाई विदा गर्न भूगोलपार्कमा पिएफसिएफ द्वारा संञ्चालित तीनतले उदयपुर संगीत केन्द्रको आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
न्यु ईएर ईभ २०८० नाम दिईएको कार्यक्रममा कलाकेन्द्रका कलाकारहरु , कट्र«ेली भाईपर्स व्याण्ड , तथा विभिन्न कलाकारहरुले प्रस्तुती दिएका थिए । गायक शिव थापा मगर , विनोद दनुवार , दिलिप घिसिङ्ग लगायतका कलाकारहरुले उपस्थिति दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको कटारी नगरपालिकाकी उपमेयर गीता खड्काले उदघाटन गर्नुभएको थियो ।