images
images

कटारीका प्रयास कार्की नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

जन्ताभ्वाईस सम्वाददाता
३० चैत्र , विहिबार , २०७९
कटारी / नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्पmबाट कटारीका सफल व्यवसायी प्रयास कार्की केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महासंघको ५७ औं साधारण सभाको निर्वाचनबाट कार्की निर्वाचित हुनुभएको हो ।
उदयपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव समेत रहनुभएका कार्की जिल्ला नगर तर्पmको १८ केन्द्रीय सदस्य पदका लागि भएको ३२ जनाको प्रतिष्पर्धामा दोस्रो मत सहित निर्वाचित हुनुभएको हो । जिल्ला नगर तर्पm १ सय १७ मतदाता रहेका थिए ।
गएराति सम्पन्न मत गण्ना अनुसार निर्वाचनमा मोहन प्रसाद श्रेष्ठले सर्वाधिक ९१ मत पाएर विजयी हुँदा कार्की ८८ मतसहित दोस्रो मतले विजयी हुनुभएको हो ।