जन्ताभ्वाईस सम्वाददाता
२८ चैत्र , मंगलबार , २०७९
कटारी /व्यवसायी दुर्गा प्रसाईले रास्वापाका सभापति रवी लामिछानेको कोर टिममा ३ जना रहेको बताउनुभएको छ । आज कटारीमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔं अभियानले गरेको कार्यक्रमका प्रमुख अतिथि महाअभियन्ता प्रसाईले लामिछानेको कोर टिम भनेको दिपक बोहोरा , डोलेश्वर प्रसाद अर्याल र निकिता लामिछाने पौडेल रहेको आरोप लगाउनुभयो ।
ढाका प्रसादसँगको फोन संवाद फोन रेकर्ड गर्न विगतमा रवी लामिछानेले नै सिकाएको बताउनुभयो । “पहिले लामिछानेले नै सिकाएको हो रेकर्ड गर्न ”प्रसाईले भने –“रेकर्ड केपी ओलीलाई दिएको थिंए , लामिछाने ओलीसँग मिलेका रहेछन् ।”
उपचुनावका वेला देखाईदिएको भन्दै प्रसाईले उक्त संवाद गलत भएको पुष्टि भए आत्महत्या गर्ने बताउनुभयो । “हिजोपनि एउटा भाईलाई फोन गर्न लगाएछन् त्यो भाईलाई पनि दशा लागेछ त्यो पनि रेकर्ड भएछ ।”प्रसाईले भन्नुभयो ।“विश्वका जुनुसकै टेक्नोलोजीमा टेष्ट गरोस गलत भए सुसाईट नै गरिदिन्छु । ”
पछिल्लो रेकर्डले संवाद भएको प्रमाणित गरिसकेको पनि प्रसाईको भनाई थियो । कार्यक्रममा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल , एमाले अध्यक्ष केपी ओली , अर्थमन्त्री रामशरण महत लगायतकका शिर्ष नेताहरुलाई पनि कटाक्ष गर्नुभयो । “वामदेव गौतम त विगतको सवैभन्दा ठूलो सुनतस्करी हुन् ।”त्यसैगरी स्वर्णिम वाग्ले देश रित्याउने व्यक्ति भएको बताउनुभयो ।
विस्तारै अन्यको पनि रेकर्ड खोल्दै जाने बताउँदै प्रसाईले सवै नेताहरुको धन्दा लुट्ने रहेको आरोप लगाउनुभयो । नेपाली अर्थतन्त्र टाट पल्टिनुमा ५५ जना ठूला घरानाका व्यापारीहरु रहेको भन्दै प्रसाईले सवै मिलेर कार्वाही गर्नुपर्ने बताउनुभयो । “पैसा लुकाउने व्यापारीहरु छन् तिनिहरुलाई ठिक लाउनुपर्छ ।”
उद्योग वाणिज्य संघ गोल्छा र दुगडका हली रहेको पनि आरोप प्रसाईको थियो । त्यसैगरी गाँउगाँउमा महिलाहरु लघुवीत्तले झुण्डिएर मर्नुपर्ने अवस्थामा पुगेकाले सवै अभियानमा लाग्नुपर्ने प्रसाईले बताउनुभयो । सहकारी र लघुवीत्तको २०लाखसम्मको ऋण मिनाहा र वैंकहरुको व्याजदर घटाउनुपर्ने अभियानको माग रहेको प्रसाईले बताउनुभयो ।
उदयपुर अभियन्ता निशान राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वगत मन्तब्य दिंदै अर्का अभियन्ता विजय थापाले कटारीमा रहेर अभियानलाई सफल बनाउने बताउनुभयो । यहाँ पनि मिटर व्याजी , लघुवीत्त पीडितहरु धेरै रहेको भन्दै तिनिहरुलाई ठिक लाउन कटारीमा नियमित अभियान चलाईने थापाले बताउनुभयो । कार्यक्रममा अभियानका अभियन्ताहरुले पनि मन्तब्य राखेका थिए ।



जनता भ्वाइस 







