जन्ताभ्वाईस सम्वाददाता
२६ चैत्र , आईतबार , २०७९
कटारी / कटारी नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । कटारी वडा नम्बर ४ को वडा कार्यालय परिसरमा वडाध्यक्ष भूपेश तामाङ्गको सभापतित्व र नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
दोस्रो चौमासिक अन्र्तगत मंसिर देखि फागुन सम्म नगरपालिकाले गरेका प्रगतिका कार्यक्रमहरु जानकारी गराउने उद्येश्यले सार्वजनिक सुनुवाई गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो । कार्यक्रममा अधिकृत किरातीले यस चौमासिकमा नगरपालिकाले गरेका कार्यहरुको प्रतिवेदन पेश गर्नुभएको थियो ।प्रतिवेदन पेश गर्दै अधिकृत किरातीले कटारी नगरपालिकाको आन्तरिक स्रोत कमजोर भएको बताउनुभयो । यस चौमासिकमा २ करोड लक्ष्य राखिएको आन्तरिक स्रोतमा ४२लाख उठाउन पनि मुस्किल परेको अधिकृत किरातीले बताउनुभयो ।
कार्यक्रमको सुरुवातमा नागरिकहरुबाट लिईएको नागरिक अभिमतको मूल्याकंन प्रस्तुत गरिएको थियो । प्रस्तुत मूल्याकंन अनुसार नगरपालिकाका कर्मचारीहरुलाई अभैm पनि सेवा प्रवाहमा सुधार गर्नुपर्ने देखिएको थियो । चुस्त दुरुस्त सेवा लिन अभैm पनि सहज नभएको अभिमत प्राप्त भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले शिक्षा , स्वास्थ्य र कृषीलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । अहिले तत्काल नदेखिएपनि शिक्षाा , स्वास्थ्य र कृषीका कार्यहरुले भविष्यमा राम्रो नतिजा ल्याउने मेयर श्रेष्ठको भनाई थियो । सहभागीहरुको प्रश्नको जवाफ दिंदै मेयर श्रेष्ठले कान्छी बजारको सडकको पानी जम्ने स्थानको उचित समाधानका लागि धेरै प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा जिज्ञासा राख्दै कटारी ४ का जीवराज थापाले सार्वजनिक जग्गा संरक्षणमा नगरले जोड दिनुपर्ने साथै जग्गा नापीको प्रकृयालाई वडामा विशेष अघि बढाउनुपर्ने बताउनुभएको थियो । त्यसैगरी ईश्वर पोखरेलले अभिमतकको नतिजा अनुसार कर्मचारी सच्चिनुपर्ने बताउँदै नगर समृद्ध बनाउन सार्वजनिक सुनुवाईको महत्व धेरै भएपनि कार्यक्रममा उपस्थित नहुने र सामाजिक संञ्जालमा आलोचना गर्ने बढी रहेको बताउनुभयो ।
त्यसैगरी मिना कोईरालाले महिला सहभागिता र महिलाहरुको लागि कार्यक्रममा नगरले ध्यान दिनुपर्ने बताउनुभएको थियो । त्यसैगरी अन्य सहभागीहरुले नगरलाई समृद्ध बनाउनका लागि जनप्रतिनिधिहरु अझ प्रभावकारी ढंगले लाग्नुपर्ने बताएका थिए । कार्यक्रमा देव ढुंगेलले फोहोर व्यवस्थापन तथा आर्यघाटको अवस्था दयनिय रहेको भन्दै नगरले ध्यान दिनुपर्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा समेत उपमेयर , वडाध्यक्षहरु समेत उपस्थित नभएको भन्दै सहभागीहरुले प्रश्न गरेका थिए । त्यसैगरी ढुंगा गिट्टीको ठेक्का नलागेको भएपनि आन्तरिक आम्दानी कति उठ्यो भनेर जानकारी नगराएको भन्दै ध्यानाकर्षण गराएका थिए ।कार्यक्रममा विभिन्न शाखाका कर्मचारीहरुले शाखालाई सोधिएको प्रश्नको जवाफ दिएका थिए । सहभागीहरुले मल नपाउनु र मलमा कालोवजारी हुनु दिगो विकास नहुनुमा नगरलाई ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी जवाफ दिंदै अधिकृत किरातीले जनसहभागितामा नगरवासीहरुले पनि जोड दिनुपर्ने सुझाव दिनुभएको थियो । जनसहभागिता नहुने , उपभोक्ता समितिको काम ठेकेदारलाई दिने प्रवृत्तिले विगतमा नगरपालिकामा वेरुजु बढेको अधिकृत किरातीको भनाई थियो ।


जनता भ्वाइस 








